अपराध

    Showing 531-540 of 1,542 items.
  • जेनजी आन्दोलनमा १९ जनाको मृत्युपछि नैतिकताका आधारमा गृहमन्त्री लेखकले राजीनामा दिए

    काठमाडौं— जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उनले राजीनामा बुझाएका हुन्।बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएका हुन्।  आन्दोलनमा दुई सय जना घाइते भएका छन् ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 683 पटक पढिएको
  • प्रदर्शनकारीद्वारा नेकपा एसको कार्यालय तोडफोड

    काठमाडौं— जेन–जी आन्दोनमा सहभागी प्रदर्शनकारीहरुले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् ।काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसंग मुठभेड हुँदा गोली समेत चलाईयो जसको कारण आन्दोलन झन चर्किएको थियो । सोही क्रममा प्रदर्शनकारीहरुले समाजवादीको पार्टी कार्यालय आलोकनगरमा पुगेर तोडफोड गरेका हुन् ।प्रदर्शनकारीहरु प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटतर्फ लागिरहेको क्रममा प्रहरीले फर्काएको थियो । आन्दोलनका क्रममा पछिल्लो जानकारी अनुसार गोली लागेर १६ जना प्रदर्शनकारीको मृत्यु भइरहेको छ । एक सय भन्दा बढि घाइते भएका छन् । 

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 519 पटक पढिएको
  • पूर्वपत्नी बलात्कारः पक्राउ परेका इन्स्पेक्टर कारागार चलान

    ललितपुर— पूर्वपत्नीको उजुरीमा पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङ कारागार चलान भएका छन् ।ललितपुर जिल्ला अदालतका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले गुरुङलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । त्यसपछि इन्स्पेक्टर गुरुङ नख्खु कारागार चलान भएका हुन् ।उनीविरुद्ध बलात्कार, ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाइएको थियो ।इन्स्पेक्टर गुरुङ प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत थिए । पूर्वपत्नीले ललितपुर प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको थियो ।इन्स्पेक्टर गुरुङले यसअघि सामाजिक सञ्जालमा आफू पूर्वपत्नी

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 361 पटक पढिएको
  • विद्यालय गएका १३ वर्षीय बालक ४ दिनदेखि बेपत्ता, खोजी कार्य जारी

    महोत्तरी— महोत्तरीको बर्दिवास नगरपालिका–१२ का १३ वर्षीय गौतम पासवान चार दिनदेखि बेपत्ता भएका छन्। घरबाट साइकल चढेर विद्यालय गएका बालक अहिलेसम्म नफर्किएपछि परिवारले खोजतलासका लागि प्रहरीसमक्ष निवेदन दिएका छन्।गौतम जनता माध्यमिक विद्यालय, डाँडाटोलमा कक्षा ६ मा अध्ययनरत उनी बिहीबार बिहान विद्यालय जान घरबाट निस्किएका थिए। त्यसपछि कुनै सम्पर्क नभएको उनका काका प्रमोद पासवानले जानकारी दिए।बेपत्ता भएपछि परिवारले हात्तीलेट प्रहरी चौकीमा निवेदन दिएको छ। इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रकाश बमले बालकको खोजीमा सक्रिय रहेको बताएका छन्।

    • प्रकाशित मितिः भदौ २२, २०८२
    • 438 पटक पढिएको
  • मानव बेचविखन सम्बन्धि अपराधलाई जरैदेखि उन्मुलन गर्न आवश्यक

    काठमाडौं— उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मानव बेचविखन तथा ओसारप्रसार कार्यलाई नियन्त्रण गरी प्रभावितहरुको हक अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व रहेको बताएका छन् ।  शुक्रबार मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवस मूल समारोहमा बोल्दै उनले  मानव बेचविखन विरुद्धको कार्य मौलिक हक भएको भन्दै प्रभावितहरुको हक अधिकारको सुनिश्चित गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘नेपालको विद्यमान संविधानले कसैलेपनि बेचविखन गर्न, दास बनाउन पाइने छैन भनि मानव बेचविखन विरुद्धको कार्यलाई मौलिक हकको रुपमा स्थापित गरेको छ । मानव बेचविखन तथा ओसारप्रसार  विश्वव्यापी

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 360 पटक पढिएको
  • गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

    काठमाडौं— काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गेष्ट हाउसका संचालक सोही ठाउँ बस्ने झापा दमक नगरपालिका-१ घर भएका ४२ वर्षीय विक्रम बजगाँईसमेत छ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।प्रहरी प्रभाग गोंगबु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 352 पटक पढिएको
  • नक्कली बिहे गराई ठगी गर्ने दुई जना सुर्खेतमा पक्राउ

    सुर्खेत— सुर्खेतमा नक्कली बिहे गराई विभिन्न व्यक्तिहरूलाई ठगी गर्ने दुई जनालार्य प्रहरीले पक्राउ गरेको छ। उनीहरूले एउटै महिलालाई फरक–फरक व्यक्तिसँग विवाह गराइ नगद र गरगहना असुली ठगी गरेको आरोपमा पक्राउ गरेको हो।सामाजिक सञ्जालमार्फत सम्पर्क गरी आफूहरू आमाबाबु र छोरीको रुपमा प्रस्तुत गर्दै विभिन्न पुरुषसँग विवाह गराउने नाटक गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।पक्राउ परेकामध्ये ४० वर्षीय गोपालकुमार विक दैलेख साँडु घर भई हाल वीरेन्द्रनगर–१० मा बसोबास गर्दै आएका छन् भने अर्की ३८ वर्षीया भविसरा रास्कोटी मगर अछामको तुर्माखाँद–३ घर भई सोही स्थानमा बस्द

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 472 पटक पढिएको
  • मानव बेचबिखन तथा ओसारपसारका घट्ना बढेपछि तस्करी विरुद्ध ७७ हजार ५०० जनालाई परामर्श प्रदान

    काठमाडौं—  मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै गएका छन् । महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपाल प्रहरीले १२७ जना पीडितरप्रभावितलाई विदेश र स्वदेशका विभिन्न स्थानवाट उद्धार गरेको छ ।दशवटा जिल्लामा रहेका पुनस्र्थापना केन्द्रहरूमार्फत ७५८ र सोही जिल्लाका विभिन्न संघसंस्थामार्फत दुई हजार ७३२ जना गरी जम्मा तीन हजार ४९० जना पीडितरप्रभावितको उद्धार र पुनःस्थापना गरिएको मन्त्रालयले सार्वजनिक गरेको ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय प्रतिवेदन २०८१’ मा उल्लेख छ ।यसैगरी, नेपाल–भारत सीमा नाकालगायत विभिन्न स्थानमा रहेका संघसंस्थाका सूचना केन

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 501 पटक पढिएको
  • माइक्रोबस 'रिजर्भ' गरेर आएका युवाहरूको कुटपिटबाट नख्खुडोलमा एक युवक घाइते

     ललितपुर—  ललितपुरमा एक युवामाथि निर्घात कुटपिट भएको छ । ललितपुरको भैँसेपाटीस्थित नख्खुडोलका २१ वर्षीय युवा आयुश गुरुङमाथि कुटपिट भएको हो । धादिङका आकाश तामाङ, कैलालीका रमेश सेठीसहित १०/१२ जनाको समूहमा आएका युवाहरूले आयुशमाथि निर्घात कुटपिट गरेका हुन् । गएको बिहीबार एक माइक्रो बस नै ‘रिजर्भ’ गरेर नख्खुडोल पुगेका उनीहरूले आयुशमाथि कुटपिट गरेको खुलेको छ । ललितपुर प्रहरीले कुटपिटमा संलग्न आकाशसहित तीनजनाविरुद्ध अनुसन्धान गर्न पक्राउ अनुमति लिएको छ । उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते आयुशको टाउकोमा गम्भीर चोट लागेको छ । उनको पाटन अस्पतालमा उपच

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 632 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा