अपराध

    Showing 531-540 of 2,232 items.
  • इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्नः इनिशाको शव कहिले उठ्छ ?

    सुर्खेत— फागुन २३ गते वीरेन्द्रनगरको जंगलमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको घटनाले कर्णाली प्रदेश सभामा प्रवेश पाएको छ । बिहीबारको कर्णाली प्रदेशसभामा भाग लिने अधिकांश प्रदेशसभा सदस्यहरुले इनिशाको घटनामा प्रदेश सरकारको धारणा मागेका छन् । प्रदेश सभामै प्रदेशसभा बैठकमा भाग लिएका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले इनिशा प्रकरणमा आफूलाई जोडिएको घटनाप्रति ध्यानाकर्षण भएको बताए ।इनिशाको घटना दुखद भएको र उक्त घटनामा संलग्नलाई कानून अनुसार कारवाही हुनुपर्छ भन्ने बिषयमा सरकार गम्भीर भएको बताए । ‘इनिशाको घटना दुःखद हो यसको निन्दा र भत्र्सना गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘घटनामा संलग्नलाई कानूनले भ्

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 480 पटक पढिएको
  • लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

    काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बैङ्ककबाट नेपाल एयरलाइन्सको विमानमा आएका एक जना भारतीय नागरिकलाई पाँच किलो गाँजासहित त्रिभुवन अन्तरराष्ट्रिय आगमनकक्षबाट पक्राउ गरिएको हो । यसैगरी, काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट एक जना, नागार्जुन नगरपालिका–६ शरणपुरचोकबाट ७३ किलो गाँजासहित दुई जना, मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट एक, नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूलीबाट पाँच जना, पोखरा नगरपालिका–२७ सैनिकबस्तीबाट एक जनालाई  पक्राउ गरिएको हो । बाँकेको कोहलपुर नगरपालिका–१५ अक्

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 267 पटक पढिएको
  • नगरकोटमा मोटरसाइकल चालकलाई कुटपिट गर्ने कार चालक पक्राउ

    भक्तपुर— जिल्लाको नगरकोटमा दुई जना मोटरसाइकल चालकलाई कुटपिट गरेको आरोपमा कार चालकलाई पक्राउ गरिएको छ। बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार चालक गणेशबहादुर तामाङलाई पक्राउ गरेको हो। भक्तपुरको चागुनारायण नगरपालिका-६, नगरकोटका ४१ वर्षीय तामाङलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। केही दिनअघि कार चालक तामाङले दुई जना मोटरसाइकल चालकलाई कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो। मोटरसाइकल चालकलाई कुटपिट गर्ने कार चालकलाई कारबाही गर्न सामाजिक सञ्जालमार्फत दबाब सिर्जना भएको थियो। 

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 490 पटक पढिएको
  • रेशम चौधरीलाई आममाफी विरुद्ध मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौं— रेशम चौधरीलाई आममाफी विरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ । टीकापुर नरसंहारमा चौधरीलाई दोषी ठहर गरेकोमा कैद सजाय पूरा नहुँदै राष्ट्रपतिबाट कैद सजाय छुट दिएपछि सो उपर शारदा बोहरा कडायतले मुद्दा दर्ता गरेकी थिइन्।शारदा बोहरा कडायतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश अव्दुल अजीज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।शारदा सो घटनामा परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् । पेसी सूचीको दोस्रो नम्बरमा रहेको उक्त मुद्दा विपक्षी रेशम चौधरीका कानुन व्यवसायीले निवेदन दिएर स्थगित गरेका हुन् ।टीका

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 484 पटक पढिएको
  • चन्द्रपुरको चाँदी खोलामा सशस्त्र प्रहरीको छापाः अवैध बालुवा उत्खननमा संलग्न ८ ट्र्याक्टर र चालक नियन्त्रणमा

    रौतहट— रौतहटको चन्द्रपुर नगरपालिकास्थित चाँदी खोलामा भइरहेको अवैध प्राकृतिक दोहन नियन्त्रण गर्न सशस्त्र प्रहरीले सक्रियता देखाएको छ ।बिहीबार बिहान चाँदी खोलाको दुई फरक स्थानबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले आठवटा ट्र्याक्टरसहित चालकहरूलाई नियन्त्रणमा लिएको हो ।विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस सन्तपुरबाट खटिएको टोलीले उक्त सफलता प्राप्त गरेको हो । बिहीबार बिहान करिब ७ः२० बजेको समयमा चन्द्रपुर नगरपालिका–५ राजपैडा र वडा नम्बर ८ मोतीपुरस्थित चाँदी खोलाको बगरमा ट्र्याक्टरहरूले रूपमा बालुवा लोड गरिरहेको सूचना सुरक्षा निकायलाई प्राप्त भएको थियो ।सूचना

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 438 पटक पढिएको
  • कैलालीमा श्रीमान्, श्रीमतीमाथि चल्यो गोली, श्रीमतीको मृत्यु, श्रीमान् घाइते

    धनगढी— कैलाली गोदावरी नगरपालिका वडा नम्बर–४ अमलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगर र उनकी २८ वर्षीय श्रीमती संजिता मगरमाथि गोली प्रहार भएको छ ।गोल प्रहारबाट २८ वर्षीया संजिता मगरको मृत्यु भएको छ, भने ३१ वर्षीय रामबहादुर मगर घाइते भएका छन् ।बुधबार जङ्गलमा बाख्रा चराउन गएका बेला उनीहरूमाथि गोली प्रहार भएको थियो ।प्रहरीले राम बहादुरले आफ्नी श्रीमतीमाथि भरुवा बन्दुकको गोली चलाएर आफूलाई पनि गोली हानेको हुन सक्ने अनुमान गरेको छ ।अहिले घाइते अवस्थाका रहेका रामको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय माला खेतीका डिएसपी रण बहादुर चन्दले बताएका

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 461 पटक पढिएको
  • बालिका बलात्कारको आरोपमा सार्की पक्राउ

    सुर्खेत— जवरजस्तीकरणीबाट बालिका गर्भवती बनाएको आरोपमा कालिकोटमा एक जना पक्राउ परेका छन् । रास्कोट नगरपालिका–१ की १३ बर्षिया बालिका बलात्कारको आरोपमा प्रहरीले स्थानीय एक जनालाई पक्राउ गरेको जनाएको छ ।साथीलाई भेट्न उनकै घरमा गएको समयमा साथीको बुवाबाट बलात्कार भएको भन्दै १३ वर्षीया किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन ।बलात्कारमा परेकी बालिकाको महिनावारी रोकिए पछि फुपूले सोधी खोजी गर्दा बालिकाले आफू बलात्कारमा परेको बताएकी थिइन् । त्यसपछि उक्त घटना प्रहरीको कार्यालयमा पुगेको हो । गत माघ १४ गते साथीको घरमा बसेकी बालिकालाई साथीको बुबाले आफूलाई बलात्कार गरेको ती बालिकाले बताएकी छन् ।रास्कोट–१ का ५३ वर

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 482 पटक पढिएको
  • लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

    काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापा,  बारा, महोत्तरी, चितवन र कञ्चनपुरबाट उनीहरू गत मङ्गलबार र बुधबार पक्राउ परेका हुन् ।  भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिदबिक्री गर्न पाइने औषधिसहित एक जना, भद्रपुर नगरपालिका–६ बाट  खैरो हेरोइनसहित सात जना, बाराको जितपुरसिमरा उपमहानगरपालिका–३ लल्का पुल नजिकबाट नौ किलो गाँजासहित दुई जना, महोत्तरीको बर्दिबास नगरपालिका–३ बाट खैरो हेरोइनसहित चार जना र कञ्चनपुरको बेलौरी नगरपालिका–१० घाँटबाट एक जनाला

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 309 पटक पढिएको
  • मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

    काठमाडौं— कास्कीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-८ जाल्पारोडस्थित विभिन्न खाजा घरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा आइतबार दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१४ चाउथे बस्ने भारत घर भएका २४ वर्षीय राधे श्याम शाह र पोखरा महानगरपालिका-१ बगर बस्ने बाग्लुङ काठेखोला गाउँपालिका-४ घर भएका २८ वर्षीय खेमु थापा रहेका छन् ।प्रारम्भिक अनुसन्धानको क्रममा विभिन्न प्रलोभन देखाई होटेलको काममा लगाई दिन्छु भनी पी

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 485 पटक पढिएको
  • कैलालीमा वन्यजन्तुका अंग गायब प्रकरणः प्रहरी निरीक्षक भण्डारीसहित १३ जना जिल्ला तानिए, कारबाही प्रक्रिया अघि बढ्यो

    काठमाडौं— कैलालीमा वन्यजन्तुका अंग बरामद गरिएको घटनामा मुद्दा कमजोर बनाइएको आरोपमा प्रहरी निरीक्षक दानसिंह भण्डारीसहित १३ जना प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।प्रदेश प्रहरी कार्यालय धनगढीको निर्देशनमा ती सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको स्रोतले जनाएको छ । उनीहरूमाथि सोधपुछपछि थप कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ ।घटनासम्बन्धी विवरणअनुसार, गत साउन ९ गते गोदावरी नगरपालिका–८ बाट दुई भरुवा बन्दुक, चित्तलको सिङ र खुट्टासहित २३ वर्षीय चन्द्रबहादुर चौधरी र राजकुमार चौधरी पक्राउ परेका थिए । तर मुद्दा चलाउने क्रममा बरामद चित्तलको सिङ र खुट्टा विवरणबाट गायब पारिएको पाइ

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 488 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.