अपराध

    Showing 451-460 of 2,232 items.
  • सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

    काठमाडौं— ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो ।नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो । “हालसम्म सात हजारभन्दा बढी यस्ता युआरएल र एप बन्द भएका छन् । अनलाइन सट्टेबाजीबारे पछिल्लो एक सातामा प्राधिकरणलाई टेलिफोन, इमेल

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 592 पटक पढिएको
  • शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ

    काठमाडौं— शंकर ग्रुपसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण प्रकरणमा थप एक उच्च प्रोफाइल व्यवसायी पक्राउ परेका छन्। सोही समूहका सञ्चालक सुलभ अग्रवाललाई आइतबार बिहान प्रहरीले पक्राउ परेका थिए ।अग्रवाल शंकर ग्रुपअन्तर्गतको जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत हुन्। यसअघि शुक्रबार नै समूहका अध्यक्ष शंकर अग्रवाललाई पनि प्रहरीले पक्राउ गरिसकेको थियो।प्रहरी स्रोतका अनुसार व्यवसायी दीपक भट्टसँग भएको शंकास्पद आर्थिक कारोबारका आधारमा अग्रवालद्वयमाथि अनुसन्धान अघि बढाइएको हो। भट्टलाई भने यसअघि नै पक्राउ गरिएको थियो।सम्पूर्ण घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 573 पटक पढिएको
  • ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुने

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ ।सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ दिइसकेकाले आज सुनुवाइका लागि बहस हुने भएको हो । जेनजी आन्दोलनमा व्यापक दमन गरेको आरोपमा ओली र लेखक यहि चैत १४ गते पक्राउ परेका थिए ।अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले सरकारले उनिहरुलाई गैरकानुनी रुपमा थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि विपक्षी सरकारक

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 451 पटक पढिएको
  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका–२ बस्ने सल्यान कालीमाटी गाउँपालिका–७ घर भएका ५२ वर्षीय कर्ण बहादुर राउत, काठमाडौं नागार्जुन नगरपालिका–९ बस्ने तनहुँ भानु नगरपालिका–१२ घर भएका ४२ वर्षीय आनन्द थापा, नवलपरासी पूर्व कावासोती नगरपालिका–३ घर भएकी ३९ वर्षीया राधिका पाठक पौडेल र काठमाडौं महानगरपालिका–३१ बस्ने मोरङ सुन्दहरैँचा नगरपालिका-३ घर भएका ४७ वर्षीय तिलक परियार रहेका छन् ।पक्राउ मध्ये कर्ण बहादुरले फिनल्याण्ड पठाइदिन्छु भन्दै ११ जना

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 472 पटक पढिएको
  • जुवातास खेल्दाखेल्दै २५ जना पक्राउ

    काठमाण्डौं— प्रहरीले जुवातास खेल्दाखेल्दै काठमाण्डौं र कैलालीबाट २५ जनालाई पक्राउ गरेको छ ।काठमाण्डौं महानगरपालिका–६ सिमलटार बस्ने ५२ वर्षीय मैते तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा मैते समेत १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाण्डौं प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६ लाख २७ हजार ५०० रूपैयाँ, ८ बुक तास र २८ थान कौडासहित पक्राउ गरेको छ ।कैलालीको धनगढी उपमहानगरपालिका–४ डेरा गरी बस्ने पाल्पा घर भएकी ३२ वर्षीया टेक कुमारी गाहामगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा टेक कुमारी समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबा

    • प्रकाशित मितिः चैत २१, २०८२
    • 501 पटक पढिएको
  • हाँस्य कलाकार बले पक्राउ

    काठमाडौं— हाँस्य कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् ।उनलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिएका छन् ।अमेरिकामा बस्ने एक युवतीले बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा बलेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले बताएका छन् ।

    • प्रकाशित मितिः चैत २१, २०८२
    • 462 पटक पढिएको
  • अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

    काठमाडौं— अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा  एक जना पक्राउ परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कास्की पोखरा महानगरपालिका(१६ बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका(६ घर भएकी ५० वर्षीया वन कुमारी गुरुङलाई बुधबार पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्ट खोली आकर्षक तलब, सुविधामा जापान पठाई दिन्छु भनी ४ जना पीडितहरूलाई व्यक्तिगत कागजात समेत पठाउन लगाई विभिन्न बैंक खातामा पटक-पटक गरी ९० लाख रुपैयाँ जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पक्राउ गरेको हो । उन

    • प्रकाशित मितिः चैत २१, २०८२
    • 459 पटक पढिएको
  • सागर लम्साल ‘बले’ माथि लाग्यो बलात्कारको आरोप

    काठमाडौं— बले भनेर चिनिने कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप लागेको छ ।अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन् । त्यो घटनापछि आफू मानसिक रूपमा थप विक्षिप्त बनेको पीडित युवतीले फेसबुकमार्फत बताएकी छन् ।पारिवारिक रूपमै चिनजान भएको व्यक्तिसँग भेट्दा मनमा शान्ति र हौसला मिल्ने ठानेर भेटेको युवतीले बताएकी छन् । लम्सालले ‘तिम्रो अपार्टमेन्ट हेर्न लैजाऊ’ भनेपछि उनले आफू बस्ने कोठामा लगेको बताएकी छन् ।कोठामा पुगेपछि रुँदै आफूले भोगेका मानसिक पीडा सुनाइरहँदा लम्सालले जबर्जस्ती करणी गरेको युवतीको आरोप छ ।सागर लम्साललाई समेत ट्याग गरिएको उ

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 503 पटक पढिएको
  • लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

    काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट १६ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ नगरपालिका–२६ गोङ्गबु मित्रनगरबाट दुई जना, दाङको घोराही उपमहानगरपालिका–१३ राधाकृष्ण टोलबाट, एक लम्कीचुहा नगरपालिका–४ कौवापुरबाट एक, रुपन्देहीको रोहिणी–४ सेमरहबाट एक र सोही पालिकाको वडा नम्बर ६ छिपागणबाट एक जनालाई पक्राउ गरिएको हो ।यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट एक, झापाको गौरादह नगरपालिका–१ डिपुचोकबाट एक, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट तीन, मोचीनगर नगरपालिका–६ काँकडभिट्टा बसपार्कबाट एक र मोरङको उर्लाबारी नगरपालिका–७ बाट एक जनाला

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 241 पटक पढिएको
  • चोरी मोटरसाइकलसहित युवक ट्राफिक प्रहरीले नियन्त्रणमा

    काठमाडौं— कागेश्वरी मनोहरा नगरपालिका–१ सुन्दरीजलबाट हिजो (बिहिबार) चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–५ घर भइ हाल सुन्दरीजल बस्ने २७ वर्षीय सुजित कुमार सहनी रहेका छन्।प्रहरीका अनुसार, सहनी बागमती प्रदेश नम्बर ०२(०२२ प २५ ६७) को मोटरसाइकल नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा सडक खण्डमा फेला परेका थिए । उक्त मोटरसाइकल काठमाडौँ महानगरपालिका–६ बस्ने राजु लामाले हराएको भनि ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।मोटरसाइकलसहित नियन्त्रणमा आएका सहनीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 484 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.