काठमाडौं— शंकर ग्रुपसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण प्रकरणमा थप एक उच्च प्रोफाइल व्यवसायी पक्राउ परेका छन्। सोही समूहका सञ्चालक सुलभ अग्रवाललाई आइतबार बिहान प्रहरीले पक्राउ परेका थिए ।

अग्रवाल शंकर ग्रुपअन्तर्गतको जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत हुन्। यसअघि शुक्रबार नै समूहका अध्यक्ष शंकर अग्रवाललाई पनि प्रहरीले पक्राउ गरिसकेको थियो।

प्रहरी स्रोतका अनुसार व्यवसायी दीपक भट्टसँग भएको शंकास्पद आर्थिक कारोबारका आधारमा अग्रवालद्वयमाथि अनुसन्धान अघि बढाइएको हो। भट्टलाई भने यसअघि नै पक्राउ गरिएको थियो।

सम्पूर्ण घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।