अपराध

    Showing 401-410 of 2,232 items.
  • सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ किन पुगे गृहमन्त्री गुरुङ ? कारण यस्तो

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङ र दीपक भट्टबीच व्यापारिक साझेदारीको तथ्य सार्वजनिक भएको छ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको २५ लाख रुपैयाँबराबरको सेयर रहेको समाचार सार्वजनिक भएपछि भट्टसँग उनको ‘कनेक्सन’ खुलेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका व्यापारी भट्टसँग गृहमन्त्रीकै कनेक्सन देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तरंगित बनेको छ । यो तथ्यसँगै गुरुङ विवादमा परेका छन् ।उक्त समाचार सार्वजनिक भएपछि गुरुङ पार्टी सभापति रवि लामिछानेलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए । गुरुङ आइतबार बेलुका करिब ८ बजे लामिछानेलाई भेट्न पुगेका रास्वपा स्

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 452 पटक पढिएको
  • कर्णालीमा इन्धन भण्डारण नहुँदा उपभोक्तालाई सास्ती

    सुर्खेत— कर्णालीमा इन्धनको भण्डारण नहुँदा उपभोक्ताले सास्ती भोग्नु परेको छ । कर्णालीमा एक साताका लागि पनि भण्डारण सुविधा छैन । इन्धन भण्डारणका लागि आवश्यक जग्गाको व्यवस्था नहुँदा बर्षौदेखि सास्ती हुँदै आएको छ । कर्णालीमा आर्थिक वर्ष २०७७र७८ सम्ममा सबै प्रदेशमा पेट्रोलियम भण्डारण डिपो निर्माण गर्ने लक्ष्य रहे पनि जग्गा अभावमा भण्डारणको प्रक्रिया अगाडि बढ्न नसकेको हो ।प्रदेशमा दुर्गम भूगोल, कमजोर सडक सञ्जाल र मौसमजन्य अवरोधका कारण आपूर्ति श्रृङ्खला सहज नभएको अवस्थामा भण्डारण पूर्वाधारको अभावले जोखिम थपिएको छ । आपतकालीन अवस्था, प्राकृतिक विपद् वा अन्तर्राष्ट्रिय आपूर्ति अवरोध हुँदा कर्णालीमा इन्ध

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 516 पटक पढिएको
  • तिलोत्तमामा सुत्केरी महिलाको रहस्यमय मृत्यु

    बुटवल— रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ सुनौलोपथमा भाडामा बस्ने वर्ष ४० की  २ महिनाकी सुत्केरी महिलाको रहस्यमय तरिकाले मृत्यु भएको  छ ।  विगत केही वर्षदेखि भाडामा बस्दै आएका मन्जु नेपाली र श्रीमान् कमल नेपाली दुवै जना मजदुरी गर्ने गरेका थिए । शनिवार राती दुवै जनाले मदीरा पीयको र सामान्य झगडासमेत भएको स्थानीयले बताएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले बताए । आईतवार विहान उनीहरू बस्ने कोठामा मन्जुको मृत अवस्थामा शरीर फेला परेको प्रहरीले जनाएको छ ।  दुई महिनाकी छोरीसंगै रहेकी मन्जुको हत्यावाट होकी अन्य कुनै कारणले ज्य

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 504 पटक पढिएको
  • विष्णुमती किनारबाट चार पेस्तोल र ५८ राउन्ड गोली बरामद

    काठमाडौं— विष्णुमती नदी किनारबाट प्रहरीले चार थान पेस्तोल, ५८ राउन्ड गोली र सात थान म्यागजिन बरामद गरेको छ।काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित विष्णुमती खोला किनारमा सरसफाइका क्रममा ती हतियार फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।बरामद पेस्तोल टाइप–५४ रहेको र त्यसका सात थान म्यागजिन पनि भेटिएको प्रहरीले जानकारी दिएको छ।आइतबार बिहान महानगरपालिका र प्रहरीको संयुक्त सरसफाइ टोलीले खोला किनार सफा गर्ने क्रममा हतियार फेला पारेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 541 पटक पढिएको
  • सर्लाहीमा पुरानो रिसिबीका कारण युवकमाथि कैँची प्रहार, दुई जना पक्राउ

    सर्लाही— सर्लाहीको गोडैता नगरपालिका–७ स्थित गोडैता बजारमा कैँची प्रहारबाट एक युवक घाइते भएका छन् ।शनिबार साँझ करिब ६ः१५ बजे गोडैता नगरपालिका–७ मा पुरानो रिसइबीका कारण दुई पक्षबिच विवाद हुँदा झैँ–झगडा भएको थियो। सोही क्रममा गोडैता–७ का १८ वर्षीय आकाश दासमाथि पछाडिबाट धारिलो हतियार कैँची प्रहार गरिएको प्रहरीले जनाएको छ ।कैँची प्रहारबाट घाइते भएका दासको टाउको र पिठ्युँमा चोट लागेको छ । गोडैतामा सामान्य उपचारपछि प्रादेशिक अस्पताल मलंगवामा लगिएका उनलाई त्यहाँबाट पनि थप उपचारका लागि वीरगन्जस्थित नेशनल अस्पतालमा रिफर गरिएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको अवस्था मध्यम रहेको छ । घटनामा

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 501 पटक पढिएको
  • भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोपः दादागिरी, अवैध असुली र धम्कीको गुनासो

    हेटौँडा— मकवानपुरको भैँसे क्षेत्रमा कार्यरत ट्राफिक प्रहरी हवलदार रोशननाथ माथि स्थानीयवासीले दादागिरी शैलीमा काम गरेको, अवैध रूपमा रकम असुल्ने र धम्की दिने गरेको गम्भीर आरोप लगाएका छन्। लामो समयदेखि सो क्षेत्रमा खटिँदै आएका उनीमाथि विगतदेखि नै यस्तै व्यवहार दोहोरिएको दाबीसमेत गरिएको छ ।स्थानीयका अनुसार सवारी जाँचको नाममा अनावश्यक रूपमा गाडी रोक्ने, चालकहरूलाई दुःख दिने र त्रास सिर्जना गर्ने कार्य नियमितजस्तै भएको छ । अटो, एम्बुलेन्स तथा ईभी सवारीसँग मासिक रूपमा रकम माग गर्ने र ठुलो रकम जरिवाना तोकेर रसिद नदिने गरिएको आरोप पनि उठाइएको छ । यद्यपि, यी आरोपहरू आधिकारिक रूपमा पुष्टि हुन भने बाँकी छ

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 460 पटक पढिएको
  • नक्कली सरकारी कागजात बनाएको आरोपमा पूर्व विकास आयुक्तसहित दुईविरुद्ध मुद्दा

    काठमाडौं— काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त डा.भाइकाजी तिवारी र शाखा अधिकृत (करार) यामकुमार कार्कीविरुद्ध नक्कली सरकारी कागजात तयार गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको आरोपपत्रअनुसार कार्कीले आफ्नो विरुद्ध चलिरहेको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धान प्रभावित पार्ने उद्देश्यले गलत लिखत तयार गरेको पाइएको छ। उक्त लिखतमा कार्यालयको काममा असर नपर्ने गरी बिहान–बेलुका पार्टटाइम काम तथा अध्ययनरअध्यापन गर्न अनुमति दिइएको उल्लेख गरिएको थियो।तर अनुसन्धानका क्रममा सो पत्रमा आधिकारिक चलानी नम्बर नरहेको,

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 529 पटक पढिएको
  • सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

    काठमाडौं— सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सल्यान बागचौर नगरपालिका-२ बस्ने २० वर्षीय दीपक भण्डारी, सोही ठाउँका १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्ट रहेको जिल्लास्थित प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए। प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराका अनुसार वैशाख १ गते साँझ ५ः०० बजे तुलसीपुर उपमहानगरपालिका-५ माछापुच्छ्रे टोलस्थित थारमारे भण्डारी होटलमा शङ्कास्पद गतिविधि भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय तुलस

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 522 पटक पढिएको
  • लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

    काठमाडौं । प्रहरीले लागू औषधसहित विभिन्न स्थानबाट १३ जनालाई पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका-१२ टेकु ब्रह्मटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५६० ट्याब्लेटसहित सोही ठाउँ बस्ने काठमाडौं महानगरपालिका-१९ बसन्तपुर बस्ने २७ वर्षीय प्रितम महर्जनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो ।सुनसरी बराहक्षेत्र नगरपालिका-३ कालिन्द्र सामुदायिक वनस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६१० ट्याब्लेट र स्पास्पेन १ हजार ६०९ ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा उदयपुर चौदण्डीगढी

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 265 पटक पढिएको
  • पूर्वमन्त्री खड्काको रिट न्यायाधीश प्रधान र पौडेलको इजलासमा

    काठमाडौं— सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काको बन्दी प्रत्यक्षीकरण रिट कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ। खड्कालाई गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै उनकी पत्नी विनिता थापाले दायर गरेको रिट इजलासको पहिलो नम्बरमै पेसी छ। यसअघि बुधबार पनि यो रिटमा सुनुवाइ भएको थियो। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले अनुसन्धान फाइल झिकाउन र आजका लागि पेसी तोक्न आदेश दिएको थियो। राजस्व अनुसन्धान विभागलाई बिहीबार १२ बजेभित्रमा लिखित जवाफ पेश गर्न र अनु

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 513 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.