अपराध

    Showing 401-410 of 1,542 items.
  • बेवारिसे अवस्थामा भेटिए ३०३ राइफल

    झापा— दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ । स्थानीयवासीले आज बिहान बन्दुक फेला परेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो ।प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ । उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनको भनाइ छ ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 445 पटक पढिएको
  • दर्ता नभएका पशुका औषधिहरू आयात गरेको आरोपमा एक पक्राउ

    काठमाडौं— कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ परेकी छन् । भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते गरेर दर्ता नै नभएका पशुका औषधिहरू आयात गरेको कसुरमा उनलाई पक्राउ गरिएको हो ।शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई शुक्रबार काठमाडौंको शंखमुलबाट पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ ।उक्त कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । जस अनुसार, जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 512 पटक पढिएको
  • तास खेलिरहेका नौजना पक्राउ

    भक्तपुर— भक्तपुरमा तास खेलिरहेका नौजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–२, दूधपाटीका ४२ वर्षीय अनिल कोजुसहितका व्यक्तिहरू छन् ।सोही स्थानमा अनिलले सञ्चालन गरेको दरबार स्केट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गएराति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।नगद ४७ हजार ६७५ रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 530 पटक पढिएको
  • बलात्कार आरोपमा १ जना पक्राउ

    झापा— २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका( १३ इलाम रोड बस्ने ४७ वर्षीय दिलीपकुमार यादव छन् । उनलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​ दिलीपले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 537 पटक पढिएको
  • ओली सरकार ढलेपछि चल्यो एमालेका मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

    काठमाडौं— सहकारीका बचतकर्ताको अर्बौ रकम ठगी गरेका बागलुङको ढोरपाटनका मेयर देवकुमार नेपालीविरुद्ध गत वर्ष जेठमै सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बागलुङमा पेस पनि गरिसकेको थियो । तर, गत वर्ष असारमा सरकार ढल्यो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै प्रतिवेदन एक वर्ष थन्कियो। बागलुङ र पोखरामा सहकारी ठगी गरेर भारत पसेका नेपालीविरुद्ध यसअघि सहकारी ठगीको मात्र मुद्दा थियो। तर, सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउदा मेयर पदबाट पनि निलम्बनमा पर्ने अनि दोषी ठहर भएमा सक्रिय राजनीति पनि ग

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 493 पटक पढिएको
  • नख्खु कारागारबाट भागेका कैदीले ठमेलमा युवकको हत्या गरेको खुलासा

    काठमाडौं— जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते ललितपुरस्थित नख्खु कारागारबाट भागेका कैदी आकाश मगरले काठमाडौंको ठमेलमा एक युवकको हत्या गरेको खुलेको छ।राप्ती गाउँपालिका–१ दाङका मगरले मकवानपुर घर भई बालाजु मनमैजु बस्दै आएका २५ वर्षीय सुरज तामाङलाई असोज १३ गते ठमेलस्थित ह्याप्पी होटल अगाडि खुकुरी हानेका थिए। खुकुरी हानेपछि घाइते तामाङको उपचारका क्रममा असोज १४ गते वीर अस्पतालमा मृत्यु भएको पुष्टि जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको छ।नख्खुबाट फरार आकाशले अर्को अपराध गरेपछि खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। उक्त घटनामा अन्यको पनि संलग्नता हुनसक्ने आशंकामा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।अर्

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 494 पटक पढिएको
  • घूस लिएको अभियोगमा सशस्त्र प्रहरी निरीक्षक र जवान विरुद्ध मुद्दा

    काठमाण्डौ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।भारतबाट दुर्गौलिया नाका हुँदै नेपालमा घरायसी सामान ल्याउने क्रममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको प्रकरणमा आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।दुवै जना रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर ५ मा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मझगाँवामा कार्यरत थिए ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 520 पटक पढिएको
  • करिब ३४ लाख बराबरका अवैध सामान बरामद

    हेटौंडा— मकवानपुर प्रहरीले करिब ३४ लाख रुपैयाँ बराबरका भन्सार छलीका कपडा र प्रतिबन्धित पटकाजन्य पदार्थ बरामद गरेको छ। अवैध सामान बोकेको सवारीलाई हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे क्षेत्रबाट शुक्रबार बिहान नियन्त्रणमा लिइएको हो।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २-०३-००१ च ९०२३ नम्बरको गाडीमा चेकजाँच गर्दा करिब १४ लाख रुपैयाँ बराबरका भन्सार छलीका कपडा भेटिएका छन्।त्यसैगरी सोही गाडीबाट झन्डै २० लाख रुपैयाँ बराबरका प्रतिबन्धित पटकाजन्य पदार्थ पनि बरामद गरिएको प्रहरीको भनाइ छ।प्रहरीले गाडीमा सवार रहेका रौतहटको बृन्दावन नगरपालिका–९ का २० वर्षीय प्रदी

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 506 पटक पढिएको
  • फरार कैदी पाँच वर्षपछि पक्राउ, सुन चोर्ने महिला समेत पक्राउ

    स्याङ्जा— पाँच वर्षदेखि फरार रहेका एक कैदीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। गल्याङ नगरपालिका–५ बसोबास गर्ने श्यामबहादुर थापालाई प्रहरीले वैदेशिक रोजगारसम्बन्धी मुद्दामा समातेको हो।थापालाई २०७७ साउन १७ गते जिल्ला अदालतले चार दिन कैद र ११ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। फैसला पछि उनी फरार भएका थिए। स्याङ्जा प्रहरीको निरन्तर खोजीपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी प्रसन्न राज चौधरीले जानकारी दिए।प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन थापालाई पक्राउ गरिएको हो।यसैबीच, कास्कीको पोखरा–१७ विरौटामा भएको सुन चोरीको घटनामा संलग्न २८

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 464 पटक पढिएको
  • सशस्त्र प्रहरीद्वारा २२० किलो लागूऔषध गाँजा बरामद

    सिरहा— सशस्त्र प्रहरीले सिरहाको बलान खोलानजिकबाट २२० किलो लागूऔषध गाँजा बरामद गरेको छ। जिल्लाको भागवनपुर गाउँपालिका–२ अन्तर्गत कासघारी क्षेत्रमा लुकाएर राखिएको अवस्थामा उक्त गाँजा फेला परेको हो।सशस्त्र प्रहरी बल गुल्म इनर्वाबाट खटिएको टोलीले गएराति गस्तीका क्रममा बलान खोलानजिकको झाडी क्षेत्रबाट नौवटा बोरामा लुकाइएको अवस्थामा गाँजा फेला पारेको सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दराज राईले जानकारी दिए।बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।अवैध लागूऔषध कारोबारविरुद्ध सशस्त्र प्रहरीको नियमित निगरानी र गस्ती कार्यक्रम अन्

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 519 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा