अपराध

    Showing 381-390 of 2,232 items.
  • टिकटकमार्फत उपहारको प्रलोभन देखाई ठगी गरेको आरोपमा युवक पक्राउ

    काठमाडौं— टिकटकमार्फत उपहारको नाममा ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले इलामको फाकफोकथुम गाउँपालिका–६ का २७ वर्षीय सुजन लिम्बू उर्फ सुशन थेगिम  पक्राउ परेका हुन् ।प्रहरीका अनुसार उनले ‘रोहन राजपूत’ नामबाट टिकटक आइडी सञ्चालन गर्दै नेपाली महिलासँग चिनजान बढाउने गर्थे। सुरुमा सामान्य कुराकानीमार्फत विश्वास जितेपछि उनले विभिन्न प्रलोभन देखाउँदै ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।उनले डलर, गरगहना लगायतका उपहार पठाइसकेको दाबी गर्दै ती सामान काठमाडौँ विमानस्थलस्थित डीएचएल शाखामा आइपुगेको भन्दै सन्देश पठाउने गरेका थिए। त्यसपछि सामान छुटाउन भन्स

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 601 पटक पढिएको
  • सुकुम्वासी मोर्चाका अध्यक्ष परिश्रमी पक्राउ

    काठमाडौं— संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ परेका छन् । सरकारले थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका सुकुम्वासी बस्ती हटाउन लागेको छ ।तीन वर्षअघि त्यही क्षेत्रमा पेट्रोल बमलगायत प्रहार गरेको भन्ने विषयमा अनुसन्धान गर्नका लागि उनलाई होल्ड गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।यसअघि बालेन शाह काठमाडौं महानगर प्रमुख हुँदा ती क्षेत्रका बस्ती हटाउने प्रयास गरेका थिए । तर, त्यसबेला काठमाडौं महानगर प्रहरी सुकुम्बासी बस्ती क्षेत्रमा जाँदा महानगर प्रहरीमाथि ढुंगामुडा भएको थियो । उक्त घटनामा घाइते भएका महानगर प्रहरीहरूले सुकुम्

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 466 पटक पढिएको
  • चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

    चितवन। जिल्ला प्रहरी कार्यालयले विशेष ‘स्विप अपरेशन’ सञ्चालन गरेर ११३ जनालाई नियन्त्रणमा लिइएको छ । बिहीबार सञ्चालन भएको उक्त कारबाहीमा लागुऔषध बिक्री तथा सेवन, मादकपदार्थ पिएर हल्ला गर्ने, यात्रुहरूको इच्छाविपरीत झोला तथा सामान तानी दुःख दिने, सरकारी कार्यालयमा सेवा प्रवाहमा अवरोध गरेका, सवारीसाधनको स्वरूप परिवर्तन  तथा ध्वनि प्रदूषण गर्दै मोटरसाइकल चलाउने चालकहरूलाई नियन्त्रणमा लिइएको हो । 

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 244 पटक पढिएको
  • ‘डिएफओ’विरुद्ध छानबिन गरी कारवाहीको माग गर्दै प्रदेश सरकारमा उजुरी

    जनकपुर— रौतहट जिल्लाको डिभिजन वन कार्यालयमा व्यापक अनियमितता, भ्रष्टाचार र वन दोहन भएको आरोप लगाउँदै मधेश प्रदेश सरकारलाई उजुरी पत्र हस्तान्तरण गरिएको छ ।बिहीबार चुरे तथा वनजंगल संरक्षण अभियान, नेपालका अध्यक्ष सुनिल कुमार यादवले मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयमार्फत प्रदेश सरकारलाई उजुरी पत्र हस्तान्तरण गरिएको छ ।उजुरीपत्रमा रौतहटका डिभिजन वन प्रमुख हेमन्त साहमाथि सरकारी वन स्रोतको दुरुपयोग, मिलेमतोमा काठ बिक्री, सामुदायिक वनको रकम अपचलन तथा तस्करीलाई संरक्षण दिएको आरोप लगाइएको छ ।उजुरीमा उल्लेख भएअनुसार सखुवाको काठ आपूर्ति प्रक्रियामा अनियमितता गरी सर्वसाधारणलाई सहुलियत दरमा काठ नदिई ग

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 635 पटक पढिएको
  • सिन्धुली हिरासत मृत्यु प्रकरण: न्यायिक छानबिन माग, घट्ना शंकास्पद

    रामेछाप— सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ ।मृतकका परिवारले प्रहरी यातनाका कारण मृत्यु भएको आशंका गर्दै निष्पक्ष न्यायिक छानबिनको माग गरेका छन् भने प्रहरीले घटनाबारे फैलिएका समाचारलाई ‘भ्रामक’ भन्दै खण्डन गरेको छ । यसैबीच राष्ट्रिय दलित आयोगले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।सुनकोशी गाउँपालिका–३ निवासी मृतकका आमा विन्दामाया विकले जारी गरेको प्रेस विज्ञप्तिमा श्रीकृष्ण वैशाख ३ गते ललितपुरको सातदोबाटोबाट पक्राउ परेपछि खुर्कोट प्रहरी चौकीमा राखिएको उल्लेख छ ।उनका अनुसार बालविवाहको आरोपमा पक्राउ गरिए पनि श्री

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 541 पटक पढिएको
  • भारतीय गाडीबाट ९५ केजी गाँजासहित एकजना पक्राउ

    रौतहट— जिल्ला प्रहरी कार्यालय चितवनले ठुलो परिमाणको अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।भरतपुर महानगरपालिका वडा नम्बर २९, चौकी डाँडास्थित सडकखण्डमा भारतीय पिकअप गाडीमा लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले ९५ केजी ९६५ ग्राम गाँजा बरामद गरेको हो ।गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहान करिब ०९ः३० बजे बीआर ०१ पीइ६९४३ नम्बरको भारतीय पिकअप गाडीलाई चेकजाँच गरेको थियो।जाँचका क्रममा गाडीको सिटमुनि ’फल्स बटम’ ९फल्स क्याबिन० बनाएर लुकाइराखेको अवस्थामा ३० वटा प्याकेटमा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ ।घटनामा संलग्न रहेको आरोपमा चितवन कालिका नगरपालिका वडा नं. ०३, पदमपुर बस्न

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 519 पटक पढिएको
  • कलंकीबाट स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

    काठमाडौं— राजधानीको कलंकी क्षेत्रमा प्रहरीले स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ५ लाख ७१ हजार ५ सय ९० रुपैयाँ बरामद भएको बताइएको छ।पक्राउ पर्नेमा बारा घर भई हाल कीर्तिपुर बस्दै आएका २१ वर्षीय सचिन्द्र पण्डित र रौतहटका २८ वर्षीय राजीव ठाकुर रहेका छन्। उनीहरूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनीहरूलाई उक्त रकमसहित पक्राउ गरेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 471 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर सहित ८ जना पक्राउ

    विराटनगर— झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागू औषध ब्राउन सुगर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको  छ । बैशाख ९ गते झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोहि स्थानका २५ बर्षीय संजोग राई, २५ बर्षीय रुपेश दर्जी र ३७ बर्षीय अमृत दर्जीलाई २७ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर र बा. ४० प ३९९४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ । त्यस्तै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ बाट इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण व्यूरो विराटनगरले इ

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 471 पटक पढिएको
  • शेखर गोल्छालाई पक्राउ गर्न प्रहरी भैरहवा पुगे

    काठमाडौं— हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष तथा शेखर गोल्छालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गर्न भैरहवा पुगेको छ। उनलाई भैरहवा क्षेत्रबाट पक्राउ गर्ने सुरक्षा स्रोतहरूले जानकारी दिएको छ।उनलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा राखिने प्रहरी स्रोतको छ। यद्यपि, उनीमाथि लागेका आरोपहरू र पक्राउको ठोस कारणबारे अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।अनुसन्धान प्रक्रियामै रहेको कारण विस्तृत विवरण तत्काल सार्वजनिक गर्न नसकिने सुरक्षा निकायको भनाइ छ।निजी क्षेत्रका चर्चित व्यवसायी शेखर गोल्छा हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष हुनुका साथै नेपाल उद्योग वाणिज्य मह

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • 531 पटक पढिएको
  • ‘सम्धी ग्रुप’को नाममा अराजक गतिविधि गर्ने १० जना पक्राउ

    ललितपुर— ललितपुरको चापागाउँ क्षेत्रमा ‘सम्धी ग्रुप’ र ‘झ्यालुङ्टार ग्रुप’ नाममा अराजक गतिविधि गर्दै आएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ।उनीहरू रेस्टुरेन्टमा रकम नतिर्ने, प्राकृतिक स्रोत तथा गिटी–बालुवासम्बन्धी काममा दबाब र अवैध असुली गर्ने जस्ता गतिविधिमा संलग्न रहेको जिल्ला प्रहरी परिसर ललितपुरको आरोप छ।त्यस्तै, प्रहरीको नियमित काममा समेत अवरोध सिर्जना गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।पक्राउ परेकाहरूको पहिचान हाल सार्वजनिक नगरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 458 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.