जोमसोम— मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत पर्ने संवेदनशील वन क्षेत्रमा वन्यजन्तुको अवैध सिकार नियन्त्रण गर्ने उद्देश्यका साथ एक विशेष र वृहत् वन गस्ती सफलतापूर्वक सम्पन्न भएको छ ।इलाका संरक्षण कार्यालय, जोमसोम र संरक्षण क्षेत्र व्यवस्थापन समिति, जोमसोमको संयुक्त आयोजना तथा नेतृत्वमा यो अभियान सञ्चालन गरिएको इलाका संरक्षण कार्यालयका प्रमुख राजेश गुप्ताले बताए । जैविक विविधता र दुर्लभ वन्यजन्तुको संरक्षणका लागि चालिएको यस कदममा ठिनी र जोमसोमका स्थानीय समुदायका प्रतिनिधि, संरक्षणकर्मी तथा जिल्ला प्रहरी कार्यालय, मुस्ताङका सुरक्षाकर्मीको समेत सक्रिय एवं उल्लेखनीय सहभागिता रहेको थियो ।गस्तीका क्
काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने उदयपुर रौतामाई गाउँपालिका-४ घर भएका ४५ वर्षीय राम बहादुर आले मगर, काठमाडौं गोकर्णेश्वर नगरपालिका(६ बस्ने सिराहा लहान नगरपालिका-६ घर भएका ३२ वर्षीय आशिष कार्की, काठमाडौं टोखा नगरपालिका-४ बस्ने ७९ वर्षीय लोक बहादुर श्रेष्ठ, सोही नगरपालिका-३ बस्ने ४१ वर्षीया तुलसा पुन मगर, काठमाडौं महानगरपालिका-२९ बस्ने पाल्पा तानसेन नगरपालिका-७ घर भएका ४८ वर्षीय कृष्ण प्रसाद पोखरेल र काठमाडौं चन्द्रागिरी नगरपालिका-११ ब
काठमाडौँ। वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ परेका छन् ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ की तुलसा पुनमगर, तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल र चन्द्रागिरि नगरपालिका–११का प्रवीण श्रेष्ठलाई हालै पक्राउ गरिएको हो । अभियुक्तमध्ये रामबहादुरले क्यानडा पठाउने भन्दै चार जनाबाट रु ३९ लाख ५८ हजार, आशिषले न्युजिल्याण्डको प्रलोभनमा पारेर तीन जनाबाट रु १३ लाख, लोकबहादुरले बेलायतमा राम्रो कमाइ हुन्छ
काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लंघनको कसुरमा कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।गत वर्ष भएको 'जेन-जी (Zen-G) आन्दोलन'का क्रममा राज्य पक्षबाट अनावश्यक बल प्रयोग र मानव अधिकार उल्लंघन भएको निष्कर्ष निकाल्दै आयोगले यस्तो निर्णय गरेको हो ।
वीरगञ्ज— किर्ते नागरिकता मुद्दामा पक्राउ अनुमति जारी भएपछि फरार रहेका वीरगञ्जमहानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहको खोजी कार्यलाई जिल्ला प्रहरी कार्यालय पर्साले तीव्र पारेको छ । मेयर सिंहलाई पक्राउ गर्न प्रहरीले विशेष टोलीसमेत परिचालन गरेको छ ।मेयर सिंहलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले जानकारी दिए । मंगलबार मेयर सिंहसहित ४ जनाको नाममा पर्सा जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र (पुर्जी) प्राप्त हुनासाथ प्रहरीले उनको खोजी कार्यलाई तीव्र बनाएको थियो ।मेयर सिंह अदालतमा हाजिर हुन जाँदा
काठमाडौं— जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ ।लागूऔषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट गएको टोलीले उनलाई ५० हजार घुस लिएको अवस्थामा पक्राउ गरिएको थियो ।अनुसन्धानका क्रममा उनले लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ नगरी मिलाइदिने र सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । उक्त रकम ५० हजार नै बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मुद्दा अघि बढाइएको अख्तियारले
काठमाडौं— मकवानपुर प्रहरीले हेटौंडाबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको बर्दिबास नगरपालिका गढन्त घर भई हाल हेटौंडा–४ मा डेरा गरी बस्दै आएका २६ वर्षीय कुमार लामालाई प्रक्राउ गरेको हो ।प्रहरीले उनको शरीर तथा डेराकोठामा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ३२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ तथा ३०० मिलिग्राम गाँजाको धुलो (पोलार) जस्तो देखिने पदार्थ बरामद गरेको हो ।बरामद लागूऔषधसहित लामालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमति प्राप्त गरेको छ ।यसब
खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा चुइचुम्मा –४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका बतासेकै दीपक राई रहेका छन् । गत भदौ ३० गते राति रेश्मिका मृतावस्था फेला पर्नुभएकी थिइन् । घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाउन उच्च अदालत ओखलढुङ्गाको आदेशका आधारमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो । यसअघि रेश्मिका हत्या प्रकरणमा संलग्न
उर्लाबारी— मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव स्थानीय बक्राहा खोलाको डिलमा फेला परेको छ ।चार दिनदेखि हराइरहेकी लिम्बूको शव आज बिहान स्थानीयले गाईबस्तु चराउने क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली घटनास्थल पुगेर मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।स्थानीयका अनुसार शव फुलिएको अवस्थामा थियो। मृतकको पहिचान उनले लगाएको कपडाका आधारमा श्रीमान्ले गरेका हुन् । प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको जनाएको छ । शव परीक्षणका लागि पठाउने तयारी भइरहेको छ ।
सर्लाही— सर्लाही प्रहरीले भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–२ सुकुमवासी टोलका अन्दाजी ३८ वर्षीय बुद्धिमान घलान रहेका छन् ।प्रहरीका अनुसार सोमबार बिहान बरहथवा नगरपालिका–१२ लौकट टोल क्षेत्रमा केही अपरिचित व्यक्तिहरू भरुवा बन्दुक बोकेर हिँडिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुरबाट संयुक्त रूपमा प्रहरी टोली परिचालन गरिएको थियो ।खोजतलासका क्रममा तिन चार जनाको समूहले भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि भाग्ने प्रयास गरेको प्रहरीले जनाएको छ । सो क्र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.