अपराध

    Showing 2,161-2,170 of 2,232 items.
  • हेटौंडाबाट १९० किलो गाँजासहित १२ जना पक्राउ

    काठमाण्डौ  । मकवानपुर प्रहरीले १ सय ९० किलो गाँजासहित १२ जना पक्राउ गरेको छ । प्रहरीले १४४ किलो गाँजासहित ६ जना र अरु ४७ किलो गाँजासहित थप ६ जनालाई गरी १२ जनालाई पक्राउ गरेको हो ।प्रहरीले सवारी जाँचको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट छुट्टाछुट्टै सवारी साधनबाट १९० किलो गाँजासहित त्यसमा संलग्नलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।चितवनबाट वीरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश-०१-०२५ च ३३८४ नम्बरको कार र प्र २-०३-००७ प ४७५४ नम्बरको मोटरसाइकललाई शंका लागि सुरक्षा जाँच गर्दा रातोमाटे चेकपोष्टमा ४७ किलो गाँजा फेला परेको हो ।पक्राउ पर्नेमा कारमा सवार

    • प्रकाशित मितिः असार २०, २०८०
    • 318 पटक पढिएको
  • हेटौंडाबाट १९० किलो गाँजासहित १२ जना पक्राउ

    काठमाण्डौ  । मकवानपुर प्रहरीले १ सय ९० किलो गाँजासहित १२ जना पक्राउ गरेको छ । प्रहरीले १४४ किलो गाँजासहित ६ जना र अरु ४७ किलो गाँजासहित थप ६ जनालाई गरी १२ जनालाई पक्राउ गरेको हो ।प्रहरीले सवारी जाँचको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट छुट्टाछुट्टै सवारी साधनबाट १९० किलो गाँजासहित त्यसमा संलग्नलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।चितवनबाट वीरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश-०१-०२५ च ३३८४ नम्बरको कार र प्र २-०३-००७ प ४७५४ नम्बरको मोटरसाइकललाई शंका लागि सुरक्षा जाँच गर्दा रातोमाटे चेकपोष्टमा ४७ किलो गाँजा फेला परेको हो ।पक्राउ पर्नेमा कारमा सवार

    • प्रकाशित मितिः असार २०, २०८०
    • 92 पटक पढिएको
  • ललिता निवास जग्गा प्रकरणका ९ जनालाई ७ दिन थुनामा राख्न अनुमति

    काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमाम नौजनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।काठमाडौं जिल्ला अदालतले नौजना आरोपीलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सो प्रकरणमा नेपाल समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल, देवनारायण महर्जन काठमाडौं महानगरपालिका–४ का तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालय डिल्लीबजारका तत्कालीन नापी सर्वेक्षक धमानकुमार कार्की, बाबुराज महर्जन, भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सु

    • प्रकाशित मितिः असार १९, २०८०
    • 360 पटक पढिएको
  • प्रहरीमाथि चक्कु प्रहार

    काठमाडौं । ललितपुरको पाटन क्याम्पसनजिकै प्रहरीमाथि चक्कु प्रहार भएको छ । एक किशोरले प्रहरी जवानमाथि चक्कु प्रहार गरेका हुन् ।ललितपुर पाटनढोकामा रहेको पाटन क्याम्पसनजिकै रहेको एक क्यान्टिनका किशोरले प्रहरी जवानलाई बुधबार दिउँसो चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट प्रहरी जवान सामान्य घाइते भएका छन् ।प्रहरीमाथि आक्रमण गर्ने युवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 221 पटक पढिएको
  • वडाअध्यक्ष र वडासचिव घुससहित पक्राउ

    जनकपुर । धनुषाको नगराइन नगरपालिका- २ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झा घुस रकमसहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले आज साँझ वडाध्यक्ष यादव र वडासचिव झालाई ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।उनीहरूलाई कारबाहीका लागि बर्दिवास कार्यालय लगिने बताइएको छ । सडक निर्माण योजनाको भुक्तानीका लागि उपभोक्ता समितिसँग वडाध्यक्ष र वडासचिवले घुस लिएका थिए । उपभोक्ता समितिले पहिले नै दिएको सूचनाको आधारमा अख्तियारको टोलीले वडाध्यक्ष र वडासचिवलाई पक्राउ गरेको बुझिएको छ ।

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 263 पटक पढिएको
  • मालपोतका कर्मचारी अख्तियारको फन्दामा

    काठमाडौँ । जिल्ला मालपोत कार्यालय बाराका खरिदार घुस रकमसहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, बारामा कार्यरत खरिदार राम विश्वास साह र गौरीशंकर कुमार कुशवाहकमाथि घुस लिई भ्रष्टाचार आरोपमा पक्राउ गरि मुद्दा दायर गरेको हो ।अख्तियारका अनुसार जग्गा रजिस्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस मागेको भन्ने सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।१५ हजार बिगो कायम गरी उनीहरूमाथि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २९, २०८०
    • 336 पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै गोली चल्यो

    काठमाडौं । लागु औषध कारेवारीलाई नियन्त्रणमा लिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै शम्भु मार्गमा गोली चलेको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो ।कारोवारीको नाम खुलेको छैन । यधपी उनलाई घुडामुनि गोली लागेको छ । उनको उपचारका लागि केएमसी अस्पताल सिनामंगलमा लगिएको छ ।ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले उनी भारतीय भएको पुष्टि गरे पनि नाम भने नखुलेको बताए ।पछ्याउँदै गरेको ब्युरोको टोलीले पक्राउ गर्न खोज्दा ती युवाले बल प्रयोग गरेपछि गोली हानिएको उनको भनाइ छ ।

    • प्रकाशित मितिः जेठ २८, २०८०
    • 708 पटक पढिएको
  • सहकारीको आठ करोड १८ लाख रुपैंया हिनामिना गर्ने छ जना पक्राउ

    काठमाडौँ ।  नेपाल प्रहरीले सहकारीको रकम हिनामिना गर्ने छ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकताबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रू आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–९ बस्ने ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीरबहादुर तामाङ, ३४ वर्षीय शम्भु कार्की र गोरखा पालुङटार नगरपालिका–७ का ५८ वर्षीय रामकुमार श्रेष्ठ रहेका ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जयसिंह थापाल

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • 500 पटक पढिएको
  • हतियारसहित चितवन राष्ट्रिय निकुञ्जबाट दुई जना नियन्त्रणमा

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले वन्जजन्तुको चोरीशिकार गर्न लागेको भन्ने सूचनाको आधारमा दुई युवालाई नियन्त्रणमा लिएको छ ।निकुञ्जले कालिका नगरपालिका–११ सैपाङ बस्ने २९ वर्षीय राज चेपाङ र सोही ठाउँका ३५ वर्षीय सुन्दर चेपाङलाई नियन्त्रणमा लिएको हो ।वन्यजन्तु चोरीशिकार गर्न लागेको भन्ने सूचनाको आधारमा निकुञ्ज सुरक्षार्थ तैनाथ खड्क दल गणबाट खटिएको संयुक्त अप्रेशन टोलीले राजलाई सौराहाबाट जेठ १३ गते र सुन्दरलाई आफ्नै घरमा बसिरहेको अवस्थामा जेठ १४ गते नियन्त्रणमा लिएको हो ।उनीहरूबाट दुई थान भरुवा बन्दुक पनि निकुञ्जले बरामद गरेको छ । पक्राउ परेको बन्दुक जिल्ला प्रहरी कार्यालयलाई बुझाएर उनीहरूमाथि वन्यज

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • 278 पटक पढिएको
  • एनएमबी बैंक शाखामा पेस्तोल देखाएर लुटपाट

    मधेस प्रदेश  ।   महोत्तरीमा अज्ञात समूहले बैंक लुटेका छन् । सोमबार मध्याह्न करिब साढे १२ बजे महोत्तरी गाउँपालिका-२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका हुन् ।उनले लुटिएको रकममा २/३ लाख तलमाथि हुनसक्ने बैंकले जनाएको बताए । उनीहरू मास्क लगाएर बैंकमा प्रवेश गरेको पनि बैंकले जनाएको छ । बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए । प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको एसपी मल्लले बताए 

    • प्रकाशित मितिः जेठ १६, २०८०
    • 241 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.