अपराध

    Showing 1,981-1,990 of 2,232 items.
  • लागुऔषध नियन्त्रण लिन चार राउन्ड गोली प्रहार, एक जना घाइते

    नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध नियन्त्रणमा लिन चार राउन्ड गोली प्रहार गरेको छ ।आज राति ८ बजे जिल्लाको रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागुऔषध (ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थ) नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।लोनियाले बिक्रीवितरणका लागि लागुऔषध घरमा राखेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको कमान्डमा पाँच जनाको टोली उनको घरमा पुगेर नियन्त्रणम

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 328 पटक पढिएको
  • एक रुपैंयाँ जरिवाना तोकिएकासहित १८ फरार प्रतिवादी पक्राउ

    रौतहट । रौतहट प्रहरीले एक रुपैंयाँ जरिवाना तोकिएकासहित १८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन अन्तरर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । कुटपिट र जलसाजीका चार जना प्रतिवादी एक रुपैंयाँ जरिवाना तोकिएको रौतहट प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले बताए । उनका अनुसार कुटपिटका उमा पति देवी, रुद्रल सहनी र जलसाजीका कौशीला देवी कल्वार र सन्तोष कुमारलाई एक रुपैयाँ जरिवाना तोकिएको हो । पक्राउ परेका फरार प्रतिवादीहरुमा लुटपिट, गाली बेइजतीमा सगिरा खातुन र जलसाजीमा आशा देवी भण्डारीलाई रु ६ जरिवाना तोकिएको उनले जानकारी दिए । जलस

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 241 पटक पढिएको
  • निर्दोष बालबालिका पनि कारागारमा

    गलकोट (बागलुङ) । जिल्ला कारागारमा आमासँग बालबालिका बस्न बाध्य भएका छन् ।  बागलुङको महिला कैदीबन्दीका दुई बालबालिका पनि कारगारमा  छन् । चार वर्षीय बालक कारागारमा बसेको १० महिना भयो भने दुई महिनाकी बालिका  पनि थपिएकी छिन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मीसेन सुनार सहकारी ठगी मुद्दामा २०८० माघ १२ गते काठमाडौँमा पक्राउ परेकी थिइन् । सुनारलाई जिल्ला अदालतले माघ १५ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सुनार जिल्ला कारागार चलान भएको दुई महिनापछि उनका ४ वर्षीय छोरा पनि कारागार पुगेका थिए । छोराको स्याहारसुसार र संरक्षण गर्ने मान्छे नभएपछि सुनारले पछ

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 331 पटक पढिएको
  • १० रुपैयाँ जरिवाना तोकिएका १० फरार प्रतिवादी पक्राउ

    रौतहट । रौतहट प्रहरीले १० रुपैयाँ जरिवाना तोकिएका १० फरार प्रतिवादी पक्राउ गरेको छ ।अदालतको फैसला कार्यान्वयन अन्तरर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । प्रहरीले १८ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । रौतहट प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले पक्राउ पर्नेहरुमा सबैभन्दा बढी जलसाजीको रहेको बताए ।उनका अनुसार जलसाजीमा शेख वहिद, नेक महम्मद, मिर अलि हुसन, शेख तैयव, शेख जमिर अख्तर, शेख दमिअख्तर, अख्तर शाहिद, शेख मेराज, इस्लाम अन्सारी र जुमन देवन रहेका छन् । जलसाजीमा दसजना प्रतिवादीलाइ पक्राउ गरिएको र उनीहरुलाइ रु १० जरीवाना तोकिएको उनले जानक

    • प्रकाशित मितिः माघ १५, २०८१
    • 386 पटक पढिएको
  • बेलबारीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    .          मोरंग । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–४ बेतनामा मोटरसाइकलको ठक्करबाट   पैदलयात्री वृद्धको मृत्यु भएको छ ।पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ३९९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बेलबारी–४ का अन्दाजी ८२ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङलाई पैदल हिँडिरहेका बेला मोटरसाइकलले दिउँसो १ः१५ बजेतिर ठक्कर दिएको थियो ।ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रहरीले विराटनगरको कोशी अस्पताल पठायो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।दुर्घटनामा मोटरसाइकल चाल

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 420 पटक पढिएको
  • बेलबारीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    .          मोरंग । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–४ बेतनामा मोटरसाइकलको ठक्करबाट   पैदलयात्री वृद्धको मृत्यु भएको छ ।पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ३९९२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बेलबारी–४ का अन्दाजी ८२ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङलाई पैदल हिँडिरहेका बेला मोटरसाइकलले दिउँसो १ः१५ बजेतिर ठक्कर दिएको थियो ।ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रहरीले विराटनगरको कोशी अस्पताल पठायो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।दुर्घटनामा मोटरसाइकल चाल

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 257 पटक पढिएको
  • झापामा छ महिनामा दुई सय १३ जना पक्राउ

    भद्रपुर (झापा) । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुव्र्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ ।  पक्राउ हुनेहरूको साथबाट खैरो हिरोइन, गाँजा, चरेसलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए ।पक्राउ गरिएका अभियुक्तबाट झण्डै गाँजा तीन दशमलव ६७ किलोग्राम, खैरो हिरोइन सात सय २० दशमलव ८० ग्राम, ट्रमाडोल सात हजार दुई सय ३७ ट्याबलेट, एन्टिकफलगायत ट्याबलेट बरामद गरिएको उनले जानकारी दिए । प्रहरीले लागुऔषधसहित मानिस नियन्त्रणमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार छ महिनामा जिल्ला अदालत झाप

    • प्रकाशित मितिः माघ ९, २०८१
    • 223 पटक पढिएको
  • ६५ फरार प्रतिवादी पक्राउ

    जानकी (बाँके) । जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाँके प्रहरीले सार्वजनिक गरेको पुसको प्रगति विवरणमा विभिन्न अपराध गरी लामो समयसम्म फरार रहेका ६५ जना प्रतिवादीलाई पक्राउ गरिएको उल्लेख छ । पक्राउ परेकाबाट १९ वर्ष चार महिना २७ दिन कैद र रु ५१ लाख ५५ हजार १३ जरिवाना असुल उपर गर्न बाँकी छ । फरार प्रतिवादीलाई जिल्ला प्रहरी बाँकेको फैसला कार्यान्वयन टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको बाँके प्रहरी निरीक्षक हेमराज विकले जानकारी दिए ।उनका अनुसार पुसमा प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याइँदै गरेको रु १२ लाख ९४ हजार एक सय ५८ बराबरको साम

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 346 पटक पढिएको
  • नयाँ नम्बरबाट फोन र नयाँ आइडीबाट मेल आउँछ ? सावधान !

    काठमाडौँ । तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन्? यदि आइरहेका छ भने सावधान ! त्यस्ता इमेल वा नम्बरबाट आएका सन्देश तथा कुराकानीमा विश्वास नगर्नुहोला । त्यसले तपाईंलाई घरबारविहीनसमेत बनाउनसक्छ । नेपाल प्रहरी, साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थी त्यसरी आएको फोन उठाउन र त्यस्ता इमेलको विश्वास नगर्न तथा प्रतिक्रिया नदिन आग्रह गर्छन् । त्यसरी अपरिचित व्यक्तिले भनेका तथा अपरिचित इमेलबाट आएका सन्देशको भर पर्दा र प्रतिक्रिया जनाउँदा मानिसहरू ठगिएकाले यसतर्फ विशेष सावधानी अपनाउन उनले आग्रह गरेका हु

    • प्रकाशित मितिः माघ ४, २०८१
    • 466 पटक पढिएको
  • १०१ किलो गाँजासहित कुर्मी पक्राउ

    काठमाडौं । पर्सा वीरगन्जका एक युवकसहित तीन जना लागू औषध गाँजा, चरेस र अफिमसहित मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।चितवनबाट वीरगन्जतर्फ आउँदै गरेको डिएल १३ सि १५६१ नम्बरको कारलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त कारबाट लागू औषध बरामद भएको हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठराहा सुगौलीका २० वर्षीय राजन राउत कुर्मीलाइ १०१ किलो गाँजासहित पक्राउ गरिएको छ । पक्राउ परेका मध्ये दुई जना भारतीय रहेको उनले जानकारी दिए । भारतको हरियाणाका २५ वर्षीय कुनाल गोथ्वाल

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 268 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.