अपराध

    Showing 1,971-1,980 of 2,232 items.
  • तीन हजार बढी फरार प्रतिवादी पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका व्यक्तिको खोजी अभियान तीव्र पारेको छ ।सोही क्रममा गएको माघमा मात्रै तीन हजार दुई सय ६४ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट यसरी फरार व्यक्ति पक्राउ परेका छन् । अदालतबाट मुद्दा फैसला भएर जरिवाना तथा कैद भुक्तानी गर्न बाँकी रहेकाको प्रहरीले खोजी गरेर अदालतमा बुझाउने गरेको छ ।सोही क्रममा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका र अदालतबाट दोषी ठहर भएर फरार रहेका उनीहरुलाई देशभरबाट परिचालित फरार अपराधी खोजी अभियानका खटिएका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्त

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 257 पटक पढिएको
  • सिरहाकी रिंकुको शंकास्पद मृत्युबारे छानबिन गर्न समिति गठन

    जनकपुर । सिरहाको नवराजपुरकी रिंकु सदाय मृत्यु प्रकरणको घटनाको थप अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । उक्त समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्यहरू रहेको प्रहरीले जनाएको छ ।सो समितिले आजदेखि घटना स्थलमा गई घटनाको बारेमा बुझ्ने तथा अनुसन्धान कार्य प्रारम्भ गरेको छ । गत माघ ३० गते सिरहाको नवराजपुर गाँउपालिका १ भवगतीपुर टोलका विजुलीया सदायका १७ वर्षीया छोरी रिंकु आफ्नै घरको टिनको छानोमा पासो लगाई झुण्डिएको अवस्थाम

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 453 पटक पढिएको
  • प्रहरी कुट्ने चार युवा पक्राउ

    तनहुँ । व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट भएको हो । कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ । शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।उनीहरूविरुद्व आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 285 पटक पढिएको
  • बाल यौन दुरूपयोगमा कृषिविज्ञ राई दुई वर्ष छ महिना कैद सजाय

    खोटाङ । बाल यौन दुरूपयोग कसुरमा दोषी ठहरिएका कृषिविज्ञ मदन राईलाई जिल्ला अदालत खोटाङले दुई वर्ष छ महिना कैद सजाय तोकेको छ । साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईलाई जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले आज सजाय निर्धारण गरेको हो । यही माघ १० गते दोषी ठहरिएका कृषिविज्ञ राईलाई दुई वर्ष छ महिना कैदका साथै रू एक लाख जरिवानासमेत निर्धारण भएको जिल्ला अदालत खोटाङका स्रेस्तेदार सीताराम खड्काले जानकारी दिए । यस्तै, पीडित किशोरीलाई रू एक लाख ५० हजार क्षतिपूर्ति दिन सजाय फैसला भएको अदालतले जनाएको छ । कृषिविज्ञ राईमाथि आफैँले सञ्चालन गरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ स

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 244 पटक पढिएको
  • दश महिना कैद भुक्तान गरेका युवक ठगी मुद्दामा फेरि पक्राउ

    काठमाडौँ । ‘अनलाइन’ ठगी कसुरमा गत वर्ष १० महिना कैद भुक्तान गरी छुटेका एक युवक अनलाइन ठगी मुद्दामा बुधबार पुनः पक्राउ परेका छन् । विसं २०८० मङ्सिरमा कैद भुक्तान गरी छुटेका रौटहतको माधवनारायण गाउँपालिका–२ का २१ वर्षीय सुभम साह अभौतिक मुद्रा तथा अनलाइन ठगीमा संलग्न रहेको अवस्थामा पक्राउ परेका हुन्  निजले विभिन्न ‘डिजिटल वालेट’को कर्मचारी भएको र ‘वालेट आइटी’ बैङ्क खातासँग ‘लिङ्कअप’ तथा नवीकरण, ग्राहक पहिचान फारम अद्यावधिकलगायत कार्य गरिदिन्छु भन्दै सर्वसाधारणको वालेटमा अनधिकृत पहुँच पु¥याइ रकम ठगी गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनले अनलाइन ठगी गरेको रकम ‘टेलिग्राम’मा

    • प्रकाशित मितिः माघ २४, २०८१
    • 298 पटक पढिएको
  • आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ

    काठमाडौँ । आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरु  रौतहट, बर्दिया, चितवन र सर्लाहीबाट पक्राउ परेका हुन् ।चन्द्रपुर नगरपालिका–४ चिडियादह टोलबाट सोही ठाउँका ३१ वर्षीय सागर श्रेष्ठ र बर्दिया बढैयाताल गाउँपालिका–२ फुटाहसाघुनघारीबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जना तथा चितवनको कालिका नगरपालिका–६ गुम्बा चोकबाट चार सय ५० ग्राम गाँजा बोकेका  १८ वर्षीय किशोर र नियन्त्रित लागूऔषध लिएका सोही स्थानका २७ वर्षीय समीर परियारलाई पक्राउ गरिएको हो । यसैगरी, भरतपुर महानगरपालिका–४ लङ्कुलक्ष्

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 242 पटक पढिएको
  • साउदीमा सडक दुर्घटना, ३ नेपालीको मृत्यु

    काठमाण्डौl साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु भएको छ । साउदी पश्चिमी क्षेत्रको जिजाननजिकै भएको भयानक दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका सुवास यादवका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन् । सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको कर्मचारी यादवले जानकारी दिए ।घटना’बारेमा मृतकका परिवारलाई जानकारी गराइसकिएको छ । उनीहरूको शव सम्बन्धित कम्पनीसँग समन्वय गरेर स्वदेश पठाइने यादवले बताए । सडक दुर्घटनामा नौ भारतीय नागरिकको पनि मृत्यु भएको जेद्दास्थित भारतीय वाणिज्य दूतावासले जनाएको

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 233 पटक पढिएको
  • गोली चलाएर कारोबारी पक्राउ

    पश्चिम नवलपरासी l पश्चिम नवलपरासीमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । रामग्राम नगरपालिका वडा नम्बर–१२ स्थित पचगाँवा बस्ने ५२ वर्षीय राजेश लोनियालाई पक्राउ गरिएको हो।घटनास्थलबाट प्रहरीले ९३ पुरिया खैरो हेरोइन बरामद गरेको छ । #drugs

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 200 पटक पढिएको
  • भन्सार छलेर ल्याइएका सामान बरामद

    रौतहट । रौतहट प्रहरी भन्सार छलेर तस्करीको माध्यमबाट भित्रयाइएका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको मातहतमा रहेका अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएका गस्ती टोलीले तस्करीको माध्यमबाट भित्रयाइएका सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायका अनुसार विभिन्न सवारी साधन रोकेर चेकजाँच गर्ने क्रममा अबैध रूपमा भारतबाट भन्सार छली गरेर ल्याएका सामान बरामद गरिएको हो ।प्रहरी टोलिले किराना र कपडा लगायतका सामन बरामद गरेको उनले जानकारी दिए । गौर नगर पालिका वडा न  ४ बसपार्क एरियाबाट सामन बरामद भएपनि मानिस पक्राउ नपरेको उनले बताए । 

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 287 पटक पढिएको
  • २० बर्षदेखि फरार अभियुक्त रौनियार पक्राउ

    रौतहट । २० बर्षदेखि फरार रहेका एक अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । लागू औषध चरेश मुद्दम कसुर ठहर भई अदालतबाट सजायको फैसला भएपश्चात फरार रहेका अभियुक्तलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ४१ बर्षीय चन्दन कुमार रौनियार रहेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार  वीरगन्ज–१६ नगवामै लुकिछिपी बसेको अवस्थामा रौनियारलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेर पर्

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 184 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.