अपराध

    Showing 1,891-1,900 of 2,232 items.
  • ४३ लाख सहित युवक पक्राउ

    काठमाडौं— प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका ५ स्थित ग्यालेक्सी टोलबाट स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २२ वर्षीय शिवा पटवा भन्ने आशिष कुमार छन् । आरोपी बस्ने डेरा खानतलासी गर्दा ४२ लाख ६३ हजार ९ सय रुपैयाँ नेपाली रुपैयाँ र २६ हजार भारतीय रुपैयाँ भेटिएको कपिलवस्तुका एसपी निरञ्जन दत्त भट्टले रातोपाटीलाई बताए । आरोपीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 395 पटक पढिएको
  • कांग्रेस सांसद माया राई पक्राउ

    काठमाडौं— नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी राईलाई कपनस्थित घरबाट पक्राउ गरिएको हो ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राईलाई शनिबार राति पक्राउ गरेको हो ।एसएसपी रमेश बस्नेतका अनुसार उनलाई काठमाडौं प्रहरी परिसरमा बुझाइएको छ ।भोजपुरकी माया नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन् ।

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 301 पटक पढिएको
  • पहलगाममा भएको आतंकारी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन

    काठमाडौं— भारतस्थित जम्मू—कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ।पहलगाममा वैशाख ९ गते आतंकवादी समूहले नेपाली युवा सुदीप न्यौपानेसहित २६ जना पर्यटकको ज्यान लिएको घटनाको विरोधमा नेपाल नागरिक अभियानले काठमाडौंस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरेको हो ।प्रदर्शनकारीले सुदीप न्यौपानेलाई न्याय देऊ, हिन्दूको हत्या गर लगायतका प्लेकार्ड र ब्यानर बोकेका थिए ।

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 341 पटक पढिएको
  • अख्तियारको कर्मचारी भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

    काठमाडौं— आफूलाई अख्तियार र सीआईबीको कर्मचारी भएको बताएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर– ५ का ३३ वर्षीय रामभजन मण्डललाई धनुषा प्रहरीले शनिबार पक्राउ गरेको जनाएको छ ।  प्रहरीका अनुसार उनले विशेषगरी प्रशासनिक तथा कानुनी मामिलामा सहयोग गरिदिने भन्दै सर्वसाधारणसँग रकम उठाउने गरेका थिए । धनुषा जिल्ला प्रहरी कार्यालय र क्षेत्रीय अनुसन्धान टोलीले उनलाई  शहीदनगर–३ स्थित इलाकाबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका मण्डलमाथि सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । 

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 404 पटक पढिएको
  • चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका—९ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका—६ घर भएका ३१ वर्षीय नारायण बस्नेतलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । नारायणले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका—९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 365 पटक पढिएको
  • आन्दोलनरत शिक्षकबाट शिक्षक नै कुटिए

    काठमाडौं— काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि कुटपिट भएको छ । शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन् ।आपसी मतभेदका कारण १५/२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएका हुन् । जोशी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् । उनी पनि शिक्षक महासंघकै आन्दोलनमा सहभागी हुन पुगेको प्रहरीले जनाएको छ।शरिरका विभिन्न भागमा चोटपटक लागेको  र टाउकोमा टुटुल्को उठेको  उनलाई तत्कालै प्रहरीको टोलीले

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 499 पटक पढिएको
  • यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

    काठमाडौं— जिल्लाको एक विद्यालयमा विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन्। सदरमुकाम खाँदबारीस्थित सूर्य सेकेण्डरी बोर्डिङ स्कुलमा कार्यरत शिक्षक बिवेक खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।चैनपुर नगरपालिका ३ सिद्धकालीका खत्रीले आफ्नै विद्यालयमा अध्ययन गर्ने बालिकालाई गत आइतबार बिहान करिव १ बजे छात्राबासमा दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका खत्री विद्यालयकै होस्टलमा बस्दै आएका थिए। पक्राउ परेका खत्रीले बालिकालाई आफू सुत्ने कोठामा बोलाई बाल यौन दुरुपयोग गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानक

    • प्रकाशित मितिः वैशाख ११, २०८२
    • 511 पटक पढिएको
  • ठगी मुद्दामा फरार प्रतिवादी लुइँटेल पक्राउ

    काठमाडौं—  प्रहरीले ठगी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ बस्ने २७ वर्षीय ईश्वर लुइँटेललाई मंगलबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।हिमालयन एक्सप्लोरेशन ट्राभल्स एण्ड टुर्स प्रा।लिकाका सञ्चालक समेत रहेका उनीमाथि ठगी सम्बन्धी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले बताए । उनका अनुसार लुइँटेलले  भारत, मलेसिया, सिङ्गापुर

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 359 पटक पढिएको
  • तीनकुने घटनामा संलग्न आरोपमा थप एक जना पक्राउ

    काठमाडौं—  काठमाडौंको तीनकुनेमा आयोजित पूर्वराजा समर्थकहरूको प्रदर्शनमा सहभागी भएर राज्य विरुद्धको कसुर गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ नयाँबस्ती घर भएका तेजेन्द्र रायमाझी छन् । उनलाई जोरपाटीबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।रायमाझी दुर्गा प्रसाईँ निकट भनेर चिनिन्छन् । उनी प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को युवा मोर्चा नागरिक प्रतिरक्षा बलको बागमती अञ्चल समितिको संयोजक हुन् ।रायमाझीविरुद्ध राज्य विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिने बताइएको छ । चैत १५ मा तीनक

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 349 पटक पढिएको
  • विष खाएका एकै घरका तीन बालबालिकाको मृत्यु

    काठमाडौं— धनुषामा विष सेवन गरेका एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ भने आमाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।जिल्लाको शहीदनगर नगरपालिका ५ का सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया छोरी आरुसी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) संजीव यादवले थाहाखबरलाई जानकारी दिए। आमा ३० वर्षीया पविता साह गम्भीर रहेकी प्रहरीले जनाएको छ। उनको प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।घटना सोमवार साँझ ६ः४० बजेको समयमा भएको हो। घरमै आमासहित उनीहरू विष सेवन गरेको अवस्थामा फेला परेका र उपचारका लागि अस्पताल लैज

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 296 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.