अपराध

    Showing 1,831-1,840 of 2,232 items.
  • चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— चोरी र लिखत सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–४ खोरीयागाउँ बस्ने २६ वर्षीय शिलबहादुर तामाङ रहेका छन्।शिलबहादुरमाथि भएको चोरी र लिखत सम्बन्धी कसुर मुद्दामा उच्च अदालत पाटनको २०८० जेठ ५ गतेको फैसलाले ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर पेस गरिएको छ ।

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 410 पटक पढिएको
  • हुन्डीको १३ लाख ५० हजारसहित एक जना पक्राउ

    काठमाडौं— रुपन्देहीबाट हुण्डी कारोबारमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्चवारी–८ घर भएका निदेश बानियाँ रहेका छन् ।आरोपीको साथबाट स्रोत नखुलेको १३ लाख ५० हजार बरामद गरिएको रुपन्देहीका एसपी प्रदीप क्षेत्रीले जानकारी दिए। १ हजार र ५ सयको नोटसहित उनी सिद्धार्थनगर नगरपालिका–५ स्थित मिलनचोकबाट पक्राउ परेका हुन् । आरोपीबारे अनुसन्धान भइरहेको एसपी क्षेत्रीले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 288 पटक पढिएको
  • विद्यार्थीलाई कुट्ने शिक्षकले महिला नगर सदस्यमाथि हातपात गरेपछि भयो हंगामा

    काठमाडौं— कालिकोटको रास्कोट नगरपालिका–२ स्थित मोतिराम माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले महिला जनप्रतिनिधि तथा नगर कार्यापालिका सदस्यलाई हातपात गरेका छन् । शिक्षक उपेन्द्र सिम्खाडाले वैशाख ३१ गते मदिरा सेवन गरी महिला जनप्रतिनिधिमाथि हातपात गरेका हुन् ।शिक्षकले दिउँसो मदिरा सेवन गरेको अवस्थामा २ नंम्बर वडाकी महिला जनप्रतिनिधि तथा नगर कार्यपालिका सदस्य उमा योगीमाथि हातपात गरेपछि स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म उनको तीव्र आलोचना भएको छ ।आपसी विवादका क्रममा मदिराले मतिभ्रमित अवस्थामा रहेका सिम्खाडाले नगर कार्यपालिका सदस्यमाथि कुटपिट गर्दा योगीको कानमा चोट लागेको स्थानीय चक्रनाथ योगीले जानकारी

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 370 पटक पढिएको
  • प्रहरी निरीक्षकको गालामा बजेको चड्कन, सहायक हवल्दारको मौन पीडा

    काठमाडौं— नागढुंगाको सडकमा धुवाँ र चिसो मिसिएको थियो। पहाड काटेर बनेको त्यो सडक, सधैं झै भीडभाड नै थियो। ट्राफिक सहायक हवल्दार रमेश (नाम परिवर्तित) सदाझैं ड्युटीमा खटिएका थिए उनी, पोशाक लगाएर, सिटी सम्हालेर, मनमा जिम्मेवारीको भारी बोकेर।सडकमा ट्राफिक प्रहरीहरू, गाडीहरूको चाप व्यवस्थापन गर्नमा व्यस्त नै थिए। सहायक हवल्दार पनि आफ्नो पोशाकमा ढुंगाजस्तै अनुशासित भएर आफ्नो काममा खटिइरहेका थिए।तर त्यो दिन भने फरक भयो।एक्कासी आएको चर्को आदेशात्मक आवाज । ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख, निरीक्षक जितेन्द्र साह, तेज कदममा अघि बढ्दै आए। उनको अनुहारमा रिसको रेखा त थियो नै, आँखामा त्यसको चिन्गारी पन

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 423 पटक पढिएको
  • बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

    बारा, ३१ बैसाख। ललाई फकाई बिभिन्न प्रलोभन देखाएर बाराकी एकचेलीलाई भारतको राजधानी दिल्ली स्थित बेश्यालय पुर्याउन खोजेका एकजना युवक भारतीय सीमा सुरक्षा बल एसएसबीको फन्दामा परेका छन्। रौतहट संग सिमाना जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थाना क्षेत्र अन्तर्गत जमुनिया स्थित एसएसबी क्याम्पको टोलीले गएराती उनीहरुलाई पक्राउ गरेको हो।नेपालबाट एकजना युवकले मानव तस्कारीको उदेश्यले एक युवती लिएर आउँदै गरेको सूचनाको आधारमा नेपाल भारत सीमाक्षेत्र पिल्लर संख्या 3556/2 नजिकै मोटरसाईकलमा जाँदै गरेको अवस्थामा युवा युवतीलाई पक्राउ गरेको एसएसबीले जनाएको छ। पक्राउ पर्नेमा बारा जिल्ला सिम्रौनगढ नगरपालिका

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 302 पटक पढिएको
  • विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं - बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका-१ का ३५ वर्षीय प्रेमबहादुर साउद र सुर्खेत सिम्ता गाउँपालिका-८ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने २१ वर्षीय ललित बोहरा रहेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साउदलाई काठमाडौं-१२ र बोहरालाई ललतिपुर-३ बाट पक्राउ गरेको उक्त कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।साउदले आयरल्याण्ड पठाइदिन्छु भनी तीन जना व्यक्तिबाट ४१ लाख ९० हजार र युके पठाइदिन्छु भन्दै बोहराले एक जनाबाट १० लाख रुपैयाँ ठगी गरेको आचार्य

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 448 पटक पढिएको
  • कर्तव्य ज्यानका फरार व्यक्ति नागढुङ्गाबाट पक्राउ

    काठमाडौं— काठमाडौंको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९ मा एक जना महिलाको शव फेला परेको थियो । नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ मृत भेटिएकी हुन् ।विमलाको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका घर भएका ४० वर्षीय रामचन्द्र पन्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए । पूर्व भारतीय सैनिक रहेका पन्त अहिले भारतीय सेनाबाट पेन्सन बुझ्ने गरेको पाइएको छ ।गेस्ट हाउमा विमलाको हत्या गरेर उनी फरार भएका थिए । मङ्गलवार भारतबाट नेपाल फर्किँदै गरेको अवस्थामा उनलाई नागढुंगाबाट पक्राउ गरिएको एसपी बोहराले जान

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 403 पटक पढिएको
  • दिल्लीको एक घरमा चोरीमा संलग्न ८ नेपाली कैलालीबाट पक्राउ

     कैलाली— भारतको दिल्लीमा गत ११ अप्रिलमा कपिल बद्रीलालको घरमा भएको ठूलो चोरी प्रकरणमा संलग्न ८ नेपाली नागरिकलाई कैलालीबाट पक्राउ गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय दूतावासको अनुरोधपछि समन्वय गर्दै उनीहरुलाई पक्राउ गरिएको हो।पक्राउ पर्नेमा अछाम मेल्लेखका राजेश साउद, गोकुल साउद, सुरेश साउद, धनगढीका एसके सुनचाँदी पसलका सञ्चालक सुरेश बर्मा, दिपेन्द्र सोप, रोविक सुनचाँदी पसलका सञ्चालक रोहित सिंजापती, गोदावरीका मीनबहादुर गुरुङ र ज्ञानेन्द्र खड्का छन्।प्रहरीका अनुसार उनीहरूबाट २८ लाख नेपाली रुपैयाँ, २४० ग्राम सुन, १३ तोला सुनका गरगहना, ४.९ किलो चाँदी र ४ वटा घडी बरामद गर

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 353 पटक पढिएको
  • चितवनको खैरहनीमा दुई समूहबीच खुकुरी हानाहान, तीन युवा घाइते

    काठमाडौं— चितवनमा दुई समूहबीच भएको खुकुरी प्रहार घटनाको भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ ।चितवनको खैरहनीको एक रेस्टुरेन्टमा दुई समूहबीच झगडा भएको हो । चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार, घटनामा संलग्नहरूको पहिचान भइसकेको र खोजी कार्य भइरहेको छ ।उनका अनुसार पुरानो रिसईबीका कारण एक समूह रेस्टुरेन्टमा बसिरहेका बेला मंगलबार बिहान अर्को समूह गएर खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट चितवन खैरहनीकै दिपक गोले, गणेश लामा र अमृत आचार्य घाइते भएका छन् ।

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 467 पटक पढिएको
  • प्रतिबन्धित लागूऔषधसहित १२ जना पक्राउ

    विराटनगर— झापा, मोरङ, सुनसरी र भोजपुरको बिभिन्न स्थानहरुबाट वैशाख २८ गते लागूऔषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ बर्षीय उत्तम कार्की, २५ बर्षीया निर्मला थापा, २९ बर्षीय बसन्त तामाङ, २० बर्षीय दिवश तामाङ, २५ बर्षीय धिरज राई, २४ बर्षीय संजय राई, १९ बर्षीय मौसम राई, २० बर्षीय रेन्जि शेर्पा, २० बर्षीय संगित राई, २० बर्षीय युकेश राई, १९ बर्षीय उचित राई र २९ बर्षीय दिपेश राई रहेका छन् ।झापाको बुद्धशान्ती गाउँपालिका–३ बुधबारे बजार स्थितबाट स्थानका ३३ बर्षीय उत्तम कार्कीलाई ३ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले न

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 398 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.