काठमाडौं— रुपन्देहीबाट हुण्डी कारोबारमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्चवारी–८ घर भएका निदेश बानियाँ रहेका छन् ।
आरोपीको साथबाट स्रोत नखुलेको १३ लाख ५० हजार बरामद गरिएको रुपन्देहीका एसपी प्रदीप क्षेत्रीले जानकारी दिए।
१ हजार र ५ सयको नोटसहित उनी सिद्धार्थनगर नगरपालिका–५ स्थित मिलनचोकबाट पक्राउ परेका हुन् । आरोपीबारे अनुसन्धान भइरहेको एसपी क्षेत्रीले जानकारी दिए ।