अपराध

    Showing 1,691-1,700 of 2,232 items.
  • श्रीमान–श्रीमतीले भिरबाट हामफाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

    चितवन— चितवनको राप्ती नगरपालिका–४ मा घरायसी विवादपछि एक दम्पतीले भिरबाट हाम फालेका छन्। हामफाल्ने घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्।मंगलबार (हिजो) ४२ वर्षीया कुमारी प्रजा र उनका श्रीमान् लीलाबहादुर प्रजाबीच घरायसी विवाद भएको बताइएको छ। विवादपछि कुमारीले घरनजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार घटनास्थलमै कुमारीको मृत्यु भएको हो।कुमारीले हाम फालेपछि उनका श्रीमान् लीलाबहादुरले पनि सोही भिरबाट हाम फालेका थिए। उनी गम्भीर घाइते छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले

    • प्रकाशित मितिः असार ११, २०८२
    • 406 पटक पढिएको
  • विद्युत प्राधिकरणको लापरवाही : करेन्टले १० खच्चड र भैंसी मरेपछि किसानको विजोग

    मुगु -  मुगु छायाँनाथ रारा नगरपालिका—१० जग्गि बढुवाल र सोही वडाका प्रेम बढुवालले खच्चड व्यवसाय गर्दै आएको एक दशक भन्दा बढी भयो ।खच्चड ब्यवसायबाट उनीहरुले राम्रै आम्दानी गरेर घरपरिवार राम्रै चलेको थियो । आइतबार दिउसो चार बजे विद्युत प्राधिकरणको टा«न्सर्फमरबाट लिक भएको करेन्टमा परेर बढुवालसहित सोही नगरपालिका—१ का कर्ण बहादुर मल्लका समेत गरी १० खच्चडको मृत्यु हुँदा तीनैजनाको आम्दानी हुने बाटो नै बन्द भएको छ ।छायाँनाथ रारा नगरपालिका—१२ लुम्सको भ्याकुने भन्ने स्थानमा रहेको नेपाल विद्युत प्राधिकरणको टा«न्सर्फमरबाट करेन्ट चुहावट हुँदा उक्त नगरपालिका—१ का कर्ण बहादुर मल्लका चार, सोही नगरपालिका—१०

    • प्रकाशित मितिः असार १०, २०८२
    • 437 पटक पढिएको
  • मुख्यमन्त्री सिंहको छड्के : अवैध असुली भइरहेको ठाउँबाट तीन जना पक्राउ

    जनकपुर -  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार पर्साको ड्राइपोर्टदेखि परवानीपुरसम्मको सडकखण्डमा गरिएको छड्के अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ ।मुख्यमन्त्री सिंहले भारतबाट भित्रिने सवारीसाधन, विशेषगरी भारतीय गाडीहरुमाथि तोकिएको भन्दा बढी रकम असुली भइरहेको गुनासो बढेपछि अनुगमनमा निस्किएका हुन् । ड्राइपोर्टदेखि परवानीपुरसम्मको नयाँ सडकखण्डका विभिन्न स्थानमा राखिएको अस्थायी ढाट ९टोल नाका० मा अवैध असुली भइरहेको पाइएपछि सोही स्थानबाट तीन जनालाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्

    • प्रकाशित मितिः असार १०, २०८२
    • 326 पटक पढिएको
  • कलाकार कलकतियाबालीकी श्रीमती अँसा सदा घरमै मृत फेला, आत्महत्याको आशंका

    सिरहा १० असार । मधेसको चर्चित कलाकार अभिनास झा उर्फ कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ र २० को बीचमा रहेको नोचा पोखरी नजिकै रहेको आफ्नै घरमा सोमबार राती अँसा सदा मृत अवस्थामा फेला परेकी हुन् ।गत माघ महिनामा अन्तरजातीय विवाह गरेका अभिनास झाले गृह प्रवेश पनि गरेका थिए । पूजाआजा गर्दै गृह प्रवेश गरेका दुवै जोडी समाजिक सँजालमा खुसी देखिएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, यो घटना सोमबार रातीकै रहेको पुष्टि गरेको छ । अँसा सदाको माईती पक्ष नआएको कारण अगाडीको प्रक्रिया गर्न नसेकेको प्रवक्ता बरुण बहादुर सिँहले जान

    • प्रकाशित मितिः असार १०, २०८२
    • 267 पटक पढिएको
  • आफ्नै श्रीमतीको हत्या आरोपमा पर्सामा श्रीमान् पक्राउ

    पर्सा - आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पर्सामा श्रीमान् पक्राउ परेका छन्।पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका-४ का २३ वर्षीय सफिराजा मियाँ रहेका छन्। २१ वर्षीया लालबिबी खातुनको हत्या गरेको आरोपमा उनलाई दुई दिनअघि पक्राउ गरिएको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। लम्सालका अनुसार असार ७ गते राति पौने १ बजे लालबिबीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धान गर्दा हत्या श्रीमानले गरेको पाइएपछि पक्राउ गरी जिल्ला अदालत पर्साबाट पाँच दिन थुनामा राख्न अनुमति लिइएको छ। लम्सालका अनुसार शव पोस्टमार्टमको लागि नारायणी अस्पताल व

    • प्रकाशित मितिः असार १०, २०८२
    • 313 पटक पढिएको
  • ग्रीस पठाइदिन्छु भन्दै ३७ लाख ठगी गर्ने बराम पक्राउ

    काठमाडौं - वैदेशिक रोजगारीको लागि ग्रीस पठाइदिने बहानामा मोटो रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका-४ का २९ वर्षीय राजेश बराम रहेका छन्।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बराम काठमाडौं महानगरपालिका-२६ गल्कोपाखा बस्दै आएका थिए।चार जनाबाट ३७ लाख रुपैयाँ रकम लिएपछि बराम फरार भएका थिए। आचार्यका अनुसार बराम फरार भएपछि पीडित प्रहरीको सम्पर्कमा आए।निवेदन दिएपछि प्रहरीले खोजी सिलसिलामा सोह्रखुट्टेबाट पक्राउ गरेको आचार्यले बताए। बरामदलाई आवश्यक कारब

    • प्रकाशित मितिः असार १०, २०८२
    • 509 पटक पढिएको
  • आक्रमणकारीहरूले वैवाहिक समारोहमा गोली चलाउँदा बेहुलीको मृत्यु, बेहुला गम्भीर घाइते

    पेरिस— दक्षिण–पूर्वी फ्रान्सको एभिन्योन नजिकको गाउँ गुल्टमा वैवाहिक समारोहमा भएको गोलीकाण्डमा बेहुलीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार मास्क लगाएका आक्रमणकारीहरूले गोली चलाउँदा यो घटना भएको हो।घटनामा एक आक्रमणकारीको पनि मृत्यु भएको छ भने बेहुला र १३ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घटनापछि फरार भएका अन्य आक्रमणकारीहरूको खोजीमा दर्जनौँ प्रहरी र हेलिकप्टर परिचालन गरिएको छ।फ्रान्सेली सञ्चार माध्यमहरूले घटनालाई लागूपदार्थ सम्बन्धी पुरानो दुस्मनीसँग जोडिएको हुनसक्ने आशङ्का गरेका छन्। घटनाको अनुसन्धान हत्या र हत्या प्रयासको मुद्दाका रूपमा सुरु गरिएको छ।स्थानीय समय अनुसार आइतबार बिहान

    • प्रकाशित मितिः असार ९, २०८२
    • 532 पटक पढिएको
  • प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतमा आर्थिक अनियमितता गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।अस्पतालको बिलिङ काउन्टरबाट उठेको रकम बैङ्कमा दाखिला नगरी अनधिकृत रूपमा हिनामिना गरिएको पाइएको छ। यस सम्बन्धमा आयोगले लेखा अधिकृत शङ्करप्रसाद सुवेदी, करार सेवामा कार्यरत तृप्ति शाही ठकुरी (उर्फ तृप्ति शाही) र कुमारी बैङ्कको एक्सटेन्सन काउन्टरका तत्कालीन इन्चार्ज गोमा सिँजाली मगरविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ।तीनै जनाविरुद्ध रु २५ लाख ६७ हजार ५२६ बराबरको बिगो माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दि

    • प्रकाशित मितिः असार ९, २०८२
    • 560 पटक पढिएको
  • श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    सुनसरी— सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० वर्षीय सोनिया मुसहर रहेका छन्।असार ७ गते राति सामान्य वादविवादका क्रममा श्रीमती ढलीसदा मुसहरलाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी थिइन्। कुटपिटपछि अवस्था बिग्रँदै जाँदा असार ९ गते बिहानै उनको आफ्नै घरमै मृत्यु भएको प्रहरीले जनाएको छ।घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी भरौलबाट खटिएको टोलीले सोनिया मुसहरलाई नियन्त्रणमा लिएको हो। उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमार्फत थप अनुसन्धान र कानुनी कारबाही अघि बढाइएको छ।प्रहरीले घटनाको प्रकृति गम्भीर भएकाल

    • प्रकाशित मितिः असार ९, २०८२
    • 821 पटक पढिएको
  • प्रतिबन्धित लागू औषधसहित ५ जना विभिन्न स्थानबाट पक्राउ

    विराटनगर— मोरङ र उदयपुरका छुट्टाछुट्टै स्थानहरूबाट प्रतिबन्धित लागू औषधसहित ५ जना पक्राउ परेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी शिविरबाट ४१० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँका २४ वर्षीय पुष्पलाल डाँगी र २३ वर्षीय अनिल राईलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।त्यस्तै, लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर महानगरपालिका–१५ बाट ९ ग्राम ३२० मिलिग्राम ब्राउन सुगरसहित मोरङको सुन्दरहरैचा नगरपालिका–८ का २९ वर्षीय सरोज आचार्यलाई पक्राउ गरेको छ।यस

    • प्रकाशित मितिः असार ९, २०८२
    • 600 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.