अपराध

    Showing 161-170 of 2,232 items.
  • दर्तानै नगरी विद्यार्थी विदेश पठाउने कन्सल्टेन्सीमाथि सरकारको एक्सन, १८ जना पक्राउ

    काठमाडौं। विदेश अध्ययनको नाममा मनपरी गर्ने शैक्षिक परामर्श संस्थामाथि सरकारले कडा कदम चालेको छ। दर्ता प्रक्रिया नै पूरा नगरी विद्यार्थी विदेश पठाइरहेका १५ वटा कन्सल्टेन्सीविरुद्ध मुद्दा चलाउने निर्णय भएसँगै १८ जना सञ्चालक र म्यानेजर पक्राउ परेका छन्।शिक्षा तथा खेलकुद मन्त्रालयको निर्णयपछि दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका १५ वटा शैक्षिक परामर्श संस्थाविरुद्ध कानुनी कारबाही सुरु भएको छ।उपत्यका अपराध अनुसन्धान कार्यालयले ती कन्सल्टेन्सीका सञ्चालक र म्यानेजरसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।यसअघि जेठ १ गते प्रहरीले काठमाडौं उपत्यकाका १९५ वटा कन्सल्टेन्सीमा छापा मारेर

    • प्रकाशित मितिः असार १२, २०८३
    • 68 पटक पढिएको
  • लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ: महानिरीक्षक कार्की

    काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसारपसार तथा सेवनको असर र प्रभाव बढ्दै गएको भन्दै यसलाई राष्ट्रिय चुनौतीका रूपमा लिनुपर्ने बताएका छन्।शुक्रबार गृहमन्त्रालयमा अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लागुऔषध नियन्त्रण कानुन कार्यान्वयनको मात्र विषय नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर चुनौती भएको बताए। उनले भने, ‘लागू औषधको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसारपसार तथा सेवनको असर र प्रभाव नेपालमा वृद्धि भएको तथ्यांकले पनि स्पष्ट गरिसकेको छ। यसको रोकथाम, न्यूनीकरण र निय

    • प्रकाशित मितिः असार १२, २०८३
    • 171 पटक पढिएको
  • लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

    काठमाडौं— आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । लागूऔषधको दुरुपयोगले व्यक्ति, परिवार र समाजमा पार्ने गम्भीर असरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष जुन २६ मा यो दिवस मनाइन्छ । राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा प्रस्ताव पारित गर्दै हरेक वर्ष जुन २६ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला दशकमा विश्वभर लागूऔषधको प्रयोग र यसको अवैध कारोबार दुवै बढ्दो क्रममा छन् । विशेषगरी कोकिनको उत्पादन, बरामद र प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ । लागूऔषध दुरुपय

    • प्रकाशित मितिः असार १२, २०८३
    • 477 पटक पढिएको
  • लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    काठमाडौँ। आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । लागुऔषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदै छ ।राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा एक प्रस्ताव पारित गरी हरेक वर्ष जुन २६ मा यो दिवस मनाउन प्रारम्भ भएको हो । लागुऔषध दुरुपयोगमुक्त अन्तरराष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तरराष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ ।संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला दशकमा विश्वभर लागुऔषधको प्रयोग र बजारमा उपलब्ध लागुऔषधको सङ्ख्या निरन्तर बढिरहेको छ । कोकिनको उत्पादन, बर

    • प्रकाशित मितिः असार १२, २०८३
    • 203 पटक पढिएको
  • एक महिनामै २ हजारभन्दा बढी फरार प्रतिवादी पक्राउ, २३ करोडभन्दा बढी जरिवाना असुल

    काठमाडौं— नेपाल प्रहरीले जेठ महिनाभर सञ्चालन गरेको विशेष अभियानअन्तर्गत देशभरबाट २ हजार १ सय ८२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।प्रहरीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा धेरै मधेश प्रदेशबाट ५ सय ३९ जना रहेका छन्। त्यसपछि बागमती प्रदेशबाट ३ सय ६०, काठमाडौं उपत्यकाबाट ३ सय २६, लुम्बिनीबाट ३ सय २० र कोशी प्रदेशबाट ३ सय ५ जना पक्राउ परेका छन्। अन्य प्रदेशहरूमा पनि फरार प्रतिवादी पक्राउ अभियान जारी रहेको प्रहरीले जनाएको छ।पक्राउ परेका प्रतिवादीहरूविरुद्ध अदालतबाट तोकिएको कुल ८ सय ७ वर्ष १ महिना १३ दिन कैद सजाय कार्यान्वयनमा ल्याइएको छ। साथै उनीहरूबाट २३ करोड ४४ लाख रुपैयाँभन्दा बढी जरि

    • प्रकाशित मितिः असार ११, २०८३
    • 491 पटक पढिएको
  • सर्लाहीमा बिभिन्न मुद्दाका ११ जना फरार प्रतिवादीहरु पक्राउ

    सर्लाही— सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको हो ।पक्राउ परेकामध्ये बागमती नगरपालिका–६ निवासी आनन्द कुमार राय लागुऔषध तथा मोबाइल चोरीसम्बन्धी चार वटा फरक मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्। उनीविरुद्ध तीन महिनादेखि तीन महिना १५ दिनसम्मको कैद सजाय तथा प्रत्येक मुद्दामा पाँच हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।त्यसैगरी, बरहथवा नगरपालिका– १६ निवा

    • प्रकाशित मितिः असार ११, २०८३
    • 368 पटक पढिएको
  • श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् रौतहटमा पक्राउ

    रौतहट— आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रौतहट फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वा टोल बस्ने ४२ वर्षीय महन्थ राय यादव रहेका छन् ।यादवले गत जेठ ३ गते आफ्नै सुत्ने कोठामा ३२ वर्षीया श्रीमती आरती देवी यादवलाई धारिलो हतियार (बन्चरो) प्रयोग गरी हत्या गरेका थिए । हत्या गरे लगत्तै उनी फरार भएका थिए ।घटना घटेदेखि नै प्रहरीले उनको निरन्तर खोजतलास गरिरहेको थियो । प्राविधिक विश्लेषण समेतका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र मातहत इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट

    • प्रकाशित मितिः असार ११, २०८३
    • 512 पटक पढिएको
  • अनैतिक काम कहिले रोकिने, धनगढीमा फेरी समातिए २४ जना

    कैलाली— धनगढीका होटेलमा २४ जना अनैतिक कार्यमा संलग्न व्यक्तिहरुलाई गोप्य सुचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको छ ।  विभिन्न होटल, लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी जनाएको छ । कार्यलयका अनुसार ७ जना भारतीय नागरिक पुरुष रहेका छन् ।नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । 

    • प्रकाशित मितिः असार ११, २०८३
    • 405 पटक पढिएको
  • अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा

    कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ ।विभिन्न होटल, लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा सात जना भारतीय नागरिक पुरूष रहेका छन् ।नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः असार ११, २०८३
    • 259 पटक पढिएको
  • विष्णु पौडेलको थुनाविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

    काठमाडौं— पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।पौडेलकी पत्नीले दायर गरेको रिटमा उनलाई राजनीतिक पूर्वाग्रहका आधारमा कुनै ठोस प्रमाणबिनै पक्राउ गरिएको उल्लेख गर्दै तत्काल रिहा गर्न अदालतसँग माग गरिएको छ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दिपक भट्ट र कमलकिशोर मालपानी समूहबीचको शेयर कारोबारमा चिनजान गराइदिएको भनिएको बयानलाई आधार बनाएर पौडेललाई पक्राउ गरेको थियो। विभागले उनलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति समेत लिएको छ।गत सोमबार सुर्खेतमा एक स

    • प्रकाशित मितिः असार १०, २०८३
    • 495 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.