काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र पेश गरेको हो।अनुसन्धानका क्रममा भिजिट भिसामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलिएको आरोप पुष्टि भएको थियो। भट्टराईलाई गत जेठ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। उनी त्यसबेला विमानस्थल अध्यागमन कार्यालयका प्रमुख थिए।विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, घुस र रिसवतको मामिलामा ६ व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।आयोगले भट्टराईविरु
विराटनगर। मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए । घटनापछि गाँजा ओसारपसारमा लाग्ने व्यक्तिको खोजी भइरहेको उनले बताए ।
काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जोशीसहित ४ जनाविरुद्ध गलत लिखत तयार गरी भ्रष्टाचार गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।जोशीसहित पालिकाका सब-इन्जिनियर जय कुँवर, असिस्टेन्ट सब-इन्जिनियर तेजबहादुर सुनार र जग्गाधनी शान्ति नाथलाई प्रतिवादी बनाइएको छ ।बेलडाँडी गाउँपालिकाका-२ बस्ने शान्ति नाथले बेलडाँडी गाउँपालिका वडा नम्बर २ स्थित कित्ता नम्बर ३५७ क्षेत्रफल ४ सय वर्गमिटर जग्गामा हुँदै नभएको घर छ भनी नक्सा तयार गराएर घर जग्गा धितोमा राखी
सर्लाही— गरिमा विकास बैंक मलंगवाका ऋणी नथुनी मुखिया बिनले बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रांगणमा पेट्रोल छर्केर आत्मदाह गर्न खोजेपछि प्रहरीको तत्काल हस्तक्षेपमा उनी उद्धार भएका छन्। चन्द्रनगर–६, कामदका मुखियाले बैंकले ठगी गर्दै आफ्नो सम्पूर्ण जग्गा–जमिन लिलामीमा पारेपछि बाध्य भएर यस्तो कदम खोलेको दाबी गरेका छन्।मुखियाले बैंकले जबर्जस्ती आफ्नो सम्पत्ति लिलामी गरेको र न्यायका लागि पटक–पटक सम्बन्धित निकायमा धाए पनि सुनुवाइ नभएको आरोप लगाए। उनले बैंकसँग मिलेमतो गरी प्रहरी र प्रशासनले पनि आफूलाई सहयोग नगरेको दाबी गरेका छन्। आत्मदाह प्रयासपछि प्रहरी कार्यालय परिसर केही समय तनाबपूर्ण बनेको
मोरङ— मोरङको रंगेली नगरपालिका–८ स्थित खेतबाट अवैध लागूऔषध गाँजा ९ सय २१ किलो ६ सय ६० ग्राम बुधबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले खेतमा परालले छोपी लुकाई छिपाई राखिएको २९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।मकवानपुरको भीमफेदी गाउँपालिका–३ पान्द्राङबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७० किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.१७ च ४२ नम्बरको बोलेरो पिकअप गाडीको पछाडि ढालामा १७ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार गाडी चा
सर्लाही— विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित कौडेना गाउँपालिका-५ छपकैया बस्ने ३० वर्षीय फिरोज खानलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं— सहकारी ठगी मुद्धामा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको पेशी आज पनि स्थगित भएको छ ।न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा आज हेर्न नमिल्नेमा राखिएको हो । न्यायाधीश सागर विष्टको आफन्त जाहेरवाला कानुन व्यवसायी परेका कारणले स्थगित गरिएको बताइएको छ ।बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको पेसी कात्तिक १३ गते पछि निरन्तर सरिरहेको छ ।
काठमाडौं— नयाँ बसपार्क क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीले विशेष निगरानी बढाएसँगै यात्रुलाई झोला तानेर दुःख हैरानी पुर्याउने ४६ जना पक्राउ परेका छन्।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको संयुक्त टोलीले गोँगबुस्थित बसपार्क क्षेत्रमा पटक–पटक यात्रुहरूलाई लक्षित गरी झोला तान्ने, जोरजबरजस्ती गर्ने तथा शंकास्पद गतिविधि गर्दै हिँड्ने व्यक्तिहरूलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो।पक्राउ परेकामध्ये ट्याक्सी चालक, होटल सञ्चालक तथा होटलका कर्मचारी समेतलाई रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए । राजधानी भित्रिएका
दाङ— बर्दियामा दाङ तुलसीपुरका २७ वर्षीय निरज चौधरीको गोली प्रहार गरी हत्या गरेको आरोपमा महावीर चौधरीलाई पक्राउ गरिएको छ। महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाई हुन्।महावीरलाई कैलालीको पैलारी गाउँपालिका–५ बाट आज बिहान करिब ३ बजे नियन्त्रणमा लिइएको बर्दिया प्रहरीका प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल समेत बरामद गरेको उनको भनाइ छ।मंसिर १९ गते बिहानै बर्दियाको राजापुर–४ स्थित हमार थारु घर रेष्टुरेन्टमा काम गर्दै आएका निरज चौधरीलाई महावीरले गोली हानेर हत्या गरेको आरोप छ।
काठमाडौं— सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ ।मुद्दा सुनुवाइको लागि आज पेसी चढाइएको उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरले बताए । यसअघि दुई पटक रवि पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएपछि बहस रोकिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.