कञ्चनपुर— जिल्लामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेका थिए ।कुटपिटमा घाइते भएकी उनको दोधाराचाँदनी अस्पतालमा उपचार गरिएको थियो । बुधबार मात्र अस्पतालबाट डिस्चार्ज भएकी पारुको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।उनको मृत्युपछि श्रीमान् रनबहादुरलाई इलाका प्रहरी कार्यालय दोधाराले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो।
काठमाडौं / लागूऔषध सहित चार जना पक्राउ परेका छन् ।मकवानपुरको मनहरी गाउँपालिका—८ सिमपानीबाट लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १०९ किलो ९६ ग्राम सहित धादिङ गजुरी नगरपालिका—७ किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा।प्र।०१—०२६ च ४८९३ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक सुमन समेत २ जनालाई पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका—९ खक्रौलाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ११० मिलिग्राम सह
जनकपुर— बलात्कार मुद्दामा थुनामा रहेका मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज दोषी ठहर भएका छन् ।मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो । सजाय निर्धारण भने अर्को पेसीमा हुने अदालतले जनाएको छ ।पीडित पक्षबाट अधिवक्ता खेमप्रसाद अधिकारीले बहस गरका थिए । विपक्षीबाट अधिवक्ता विजय मिश्र सहित १४ जनाले बहस गरेका थिए ।जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध २०८१ साल माघ ३ गते जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता गरे पनि प्रहरीले अहिराजविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको थिएन । प्रहरीले २०८१ चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनु
काठमाडौं— बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको प्रकरणमा शशी शर्मा पक्राउ परेका छन् । बुटवलका व्यवसायीसमेत रहेका शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । उनले प्रभु बैंकबाट लिएको ऋण दुरुपयोग गरेको भेटिएपछि ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ अन्तर्गत कर्जा दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ । स्रोतका अनुसार शर्माले प्रभु बैंकबाट रिसोर्ट निर्माणका लागि भन्दै ४८ करोड रुपैयाँ कर्जा लिएका थिए । तर, सो रकम पारिवारिक सम्बन्ध भएका व्यक्ति र आफ्नै समूहका अन्य ऋणी कम्पनीको बक्यौता तिर्न प्रयोग गरेको उनीमाथि आरोप छ ।नेपाल राष्ट्र बैंकले
काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरुलाई जिल्ला अदालत काठमाडौंले सजाय तोकेको छ ।मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूवउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १५ जनालाई सजाय तोकेको हो ।टोपबहादुरलाई ५ वर्षको कैद र ५० हजार जरिवाना, टेकनारायण पाण्डेलाई ६ वर्षको कैद र ६० हजार जरिवना, बालकृष्ण खाँणलाई २ वर्षको कैद र २० हजार जरिवाना र टेकनाथ रिजाललाई १ वर्षको कैद र १० हजार जरिवाना तोकिएको छ । यसैगरी, केशव दुलाललाई ७ वर्ष कैद र ७० हजार जरिवाना, सानु भण्डारीलाई ७ वर्षको कैद र ७० हजार जरिवाना, इन्द्रजित राईलाई ६ वर्षको कैद र ६० हजार जरिवाना
सर्लाही— सर्लाही प्रहरीले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा गत आईतबार दिउँसो मलङ्गवा नगरपालिका–८ स्थित प्रादेशिक अस्पताल रोडमा रहेको एक सैलुनमा प्रहरीले खानतलासी गरेको थियो ।खानतलासीका क्रममा सैलुनभित्र कुर्सीमाथि राखिएको कालो प्लास्टिकको झोलाभित्र लुकाइराखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए ।उनका अनुसार उक्त सैलुन भारतको बिहार राज्य, सितामढी जिल्ला बाजपट्टी– १२ घर भएका ३८ वर्ष
काठमाडौं । उखु किसानलाई २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम नतिरेर आपराधिक लाभ लिएको आरोपमा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन्।नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेमा शैलेन्द्र गुप्ता र विनोद साह कलवार रहेका छन्। किसानको लामो समयदेखिको बक्यौता नतिरी फरार रहेको आरोपपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।प्रहरीले दुवैविरुद्ध आपराधिक लाभ ९क्रिमिनल बेनिफिट० सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। उखु किसानको भुक्तानी विवादमा भएको यो पक्राउलाई सरकारले कानुनी कारबाहीको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
मस्को— रुसी प्रहरीले युद्धविरोधी क्रेमलिन आलोचक तथा विपक्षी नेता बोरिस नादेज्दिनलाई पक्राउ गरेको छ। आगामी सेप्टेम्बरमा हुन लागेको संसदीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहेका ६३ वर्षीय नादेज्दिनलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो।सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिनविरुद्ध उम्मेदवारी दिन खोज्दा व्यापक चर्चा बटुलेका नादेज्दिनलाई यस पटक पनि निर्वाचन प्रक्रियाबाट रोक्ने प्रयास गरिएको छ। पक्राउ पर्नुअघि टेलिग्राममा जानकारी दिँदै उनले आफूविरुद्ध ‘उग्रवादी प्रतीक प्रदर्शन’ गरेको आरोप लगाइएको कागजात सार्वजनिक गरेका थिए। उनले सार्वजनिक गरेको उक्त भिडियोमा दिवङ्गत विपक्षी नेता एल
काठमाडौं / पेस्तोल र लागूऔषध सहित तीन जना पक्राउ परेका छन् ।रूपन्देहीको मायादेवी गाउँपालिका-६ गुरबनियाबाट पेस्तोल १ थान, गोली २ राउण्ड र लागूऔषध खैरो हेरोइन करिब २०० ग्रामसहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा लुम्बिनी साँस्कृतिक नगरपालिका-४ बस्ने २४ वर्षीय साराजुद्दिन मुसलमान, भारत उत्तरप्रदेश घर भएका ५० वर्षीय ईकवाल खान र भारत साधुनगर पोष्ट चतरा थाना शोहरत गढ सिदार्थनगर घर भएका ३४ वर्षीय राम दयाल शर्मा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्चर, जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषध खरिद बिक्री गर्दै गरे
काठमाडौं— वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ परेका छन् ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका—२ बस्ने सिन्धुली घर भएका ३६ वर्षीय कुनसाङ लामा, काठमाडौं तारकेश्वर नगरपालिका—८ बस्ने बर्दिया घर भएका ४२ वर्षीय धन बहादुर शाही, काठमाडौं टोखा नगरपालिका-५ बस्ने ताप्लेजुङ घर भएका ४८ वर्षीय उमेश लिम्बु, काठमाडौं महानगरपालिका-३ बस्ने तनहुँ घर भएकी २१ वर्षीया सचिता परियार र काठमाडौं बुढानिलकण्ठ नगरपालिका—१० बस्ने खोटाङ घर भएका
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.