काठमाडौं । उखु किसानलाई २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम नतिरेर आपराधिक लाभ लिएको आरोपमा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन्।
नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेमा शैलेन्द्र गुप्ता र विनोद साह कलवार रहेका छन्। किसानको लामो समयदेखिको बक्यौता नतिरी फरार रहेको आरोपपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले दुवैविरुद्ध आपराधिक लाभ ९क्रिमिनल बेनिफिट० सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। उखु किसानको भुक्तानी विवादमा भएको यो पक्राउलाई सरकारले कानुनी कारबाहीको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।






































