कामठाडौँ । नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्याउने उद्देश्यले साइबर आक्रमण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।नेपाल प्रहरी साइबर ब्युरोले नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्याउने उद्देश्यले विभिन्न समयमा साइबर आक्रमण गरेको आरोपमा स्याङ्जाको वालिङ नगरपालिका–१० का २१ वर्षीय सागर ढकाल पक्राउ गरेको जनाएको छ।सर्भर साइबर आक्रमण भइरहेको भन्ने नेपाली सेनाबाट अनुसन्धान तथा कारबाहीका लागि पत्र प्राप्त भएपछि गरिएको अनुसन्धानमा ढकालको संलग्नता देखिएपछि पोखरा–१९ बाटुलेचौरबाट बिहीबार उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए।काठमाडौं जिल्ला अदालतले
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा–७ का अध्यक्ष भीमबहादुर यादवलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको हो।आयोगका प्रवक्ता भोला दाहालका अनुसार नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको सूचनाका आधारमा आयोगको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो।आयोगले विचौलिया बिनोद भरलाई सेवाग्राहीबाट घुस लिएको अवस्थामा पक्राउ गरेको हो।
काठमान्डौ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ७ किलो ८८७ ग्राम कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ।ब्युरोले दुइटा अपरेशन चलाएर दुई भारतीय महिलालाई कोकिनसहित पक्राउ गरेको हो। प्रहरीले भारतको मिजोरोम बस्ने ४५ वर्षीया भालाललमी र २९ वर्षीया इस्थर लालहलिम्पुइलाई पक्राउ गरेको बताएको छ।मंगलबार बिहान सवा ११ बजे एयर इन्डिगोको विमानबाट नयाँ दिल्लीको फ्लाइट थियो। त्यही समयअनुसार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पुगिन् थिइन। काठमाडौं आउँदा ल्याएकै सुटकेश, ह्यान्डब्याग बोकेकी थिइन् तर यसपटक उनी शंकाको घेरामा थिइन्। विमानस्थलको प्रस्थान कक्षमा विमानस्थल सुरक्ष
मधेस प्रदेश । लागु औषध चरेश सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीमा प्रहरीले छापमारी गरी एक जनालाई पक्राउ गरेकाे हाे ।बृजेश प्रसाद कुर्मीले आफ्नै घरमा लागु औषध चरेश लुकाइ छिपाइ राखेका छन् भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले साेमबार विहान ०२:३० बजेको समयमा कानूनी रीतपुर्याइ निजको घरकोठा खानतलासी गर्दा लागु औषध चरेश ९ केजी ८०० ग्राम बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । इलाका प्रहरी कार्यालय पाेखरियाबाट प्रहरी निरिक्षक माेहन बिक्रम केसीकाे कमाण्डमा खटिएकाे प्रहरी टाेलीले पर्साकाे कालिकामाई गाउँपालिका वडा नं.१ तिनडाे
कोशी । गाँजा सहित मानिस तथा मो.सा. नियन्त्रणमा इप्रका धरानले नियन्त्रणमा लिएको छ। मिति २०७९।१२।०७ गते बिहान ०३:३० बजेको समयमा बिशेष सुराकीको आधारमा ईप्रका धरानबाट खटिएको टोलिले चेक जाचको क्रममा फेला पारेको हो। जिल्ला सुनसरी धरान २० सिरिसे गाँउ स्थितमा चेकजाँच गर्दा जि.धनकुटा साँगुरीगढी गा.पा.-९ आहाले बस्ने वर्ष-२५ को जितेन राई ले प्र.१-०२-०५१ प.२३०५ नम्बरको मोटरसाइकलमा फेला पारेको हो।मोटरसाइकलमा गाँजा ३१ के.जि. ल्याउदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको र ऐ. ०५;०० बजेको समयमा टोलिले धरान-११ सुनौलो वस्ति बस्ने बर्ष-४७ की विष्णु माया राई ले घर कोठामा ल
झापा-दाङमा एक महिलालाई सामूहिक बलात्कार गरेको अरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेका छन् ।जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीका अनुसार घोराही उपमहानगरपालिका–१७ स्थित बेलभारमा राति बास मागेर आगनमा श्रीमान् श्रीमती सुतेको अवस्थामा श्रीमानलाई कुटपिट गरी दुई जनाले महिलालाई बलात्कार गरेका थिए । घटना शुक्रबार राति साढे १ बजे भएको हो । प्रहरीका अनुसार पीडित महिला तीन महिनाअघि श्रीमानको खुट्टाको उपचार गराउन भन्दै दाङ आएकी थिइन् ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदा पैसा सकिएपछि
झापा- झापा प्रहरीले दुई हजार किलो सुपारी बरामद गरेको छ । मेचीनगर नगरपालिका–६ बाट उक्त परिमाणको सुपारीसहित एकजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गएको बुधबार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४३२ नम्बरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा आवश्यक कागजपत्र नभएको दुई हजार किलो सुपारी फेला परेको थियो ।त्यसका चालक झापाकै दमक नगरपालिका–१ बस्ने २८ वर्षीय मुकेश चौधरीसहितलाई नियन्त्रणमा लिई कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरीमा पठाइएको झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
झापा-ललितपुरको गोदावरी नगरपालिका–११ स्थित चापागाउँबाट बुद्धको मूर्ति चोरी भएको छ । चापागाँउस्थित बुद्ध स्तुपामा रहेको विभिन्न वर्ण र आकृतिमा कुँदेर बनाएको करिब ३ सय वर्ष पुरानो बुद्धको मूर्ति चोरी भएको स्थानियहरुले बताएका छन् । चोरीको घटानाबारे ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
झापा-अफ्रिकन महिलालाई काठमाडौं ल्याएर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले अफ्रिकन महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युगाण्डा घर भएकी नतासा भनेर चिनिने इमाकुलेट नाबासुम्बा छन् । परिवर्तित नाम बबरमहल–२६ लाई नेपालमा राम्रो काम पाइन्छ भनेर नतासाले काठमाडौं ल्याएकी थिइन् । काठमाडौंमा ल्याएर ठमेल स्थित होटल ‘होटल जर्नी होम प्रालि’मा राखेर आरोपीले पीडितलाई वेश्यावृत्ति गर्न बाध्य बनाएको मानव बेचविखन ब्यूरोका एसएसपी जीवन श्रेष्ठले बताए ।पीडितलाई एक दिनमा ५ देखि ७ जनासँग यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पीडित बिरामी भएर युगाण्डा फर्कन भनेर त्रिभुवन अन्तर्
झापा- बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने आफ्नै बाबु पक्राउ परेका छन् । बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसा दिनको विभत्स हत्या गरेका थिए । घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका बताइएको छ । टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए।हत्यामा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका उनले प्रारम्भिक सोधपुछका क्रममा छोरीको हत्या स्वीकार गरेको नायब उपरीक्षक थापाले जानकारी दिए। छोरीको हत्यापछि घर छोडेर भागेका दिनलाई गाउँमै लुकीछिपी बसेको अवस्थामा
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.