अपराध

    Showing 1,101-1,110 of 2,232 items.
  • ड्युटीमा रहेका वरिष्ठ सईसहित १४ जना जुवाडे पक्राउ, १३ लाखभन्दा बढी रुपैयाँ बरामद

    बाँके— बाँके प्रहरीले जुवाको अभियोगमा वरिष्ठ प्रहरी सहायक निरीक्षक (सई) सहित १४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कर्णाली प्रदेश संघीय प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ सई शाही समेत रहेका छन्। उनी बिदामा नभई ड्युटीमै रहेका बेला जुवाको खालबाट पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार, नेपालगन्जको बाइपास रोडस्थित मौरी रेष्टुरेन्टमा जुवा खेलिरहेको सूचनाका आधारमा छापा मारिएको थियो। सो क्रममा १३ लाख ६३ हजार ८ सय रुपैयाँ नगद र १० गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेहरूमा नेपालगन्ज–४ का पूर्ववडाध्यक्ष मो. सफिफ बेहना लगायत विज्ञान श्रेष्ठ,

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 656 पटक पढिएको
  • आखेटोपहारसहित दुई जना पक्राउ

    काठमाडौं— तारकेश्वर नगरपालिका–८ शिव मन्दिर चोकबाट संरक्षित वन्यजन्तु सालकको खपटा जस्तो देखिने आखेटोपहार र सालकको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ का २१ वर्षीय लिजोङ तामाङ र बेलकोटगढी नगरपालिका–१ का ३९ वर्षीय श्याम ढुङ्गाना रहेका छन् ।केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले करिब दुई किलोको उक्त आखेटोपहार लिएर हिँडिरहेको अवस्थामा आज उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 730 पटक पढिएको
  • सर्लाहीमा लागुऔषधसहित एक युवक पक्राउ

    रौतहट— सर्लाही प्रहरीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । वागमती नगरपालिका–६ मा रहेका राधाकृष्ण मन्दिरस्थित बाँसघारीबाट प्रहरीले लागुऔषध सहित २८ बर्षीय जिवन घिसिङलाई पक्राउ गरेको हो ।  बा–प्र ०२–०३० प ५५७० नम्वरको मोटरसाइकललाई रोकेर प्रहरी चौकी राजघाटले खानतलासी गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले बताए । उनका अनुसार घिसिङले बोकेको कालो रंगको प्लाष्टिकको झोलामा ट्रामन–५० लेखिएको क्याप्सुल २१४ पिस, स्पासमोम लेखिएको क्याप्सुल २०० पिस, गाँजा २५ ग्राम, नेपाली रुपैया २५ सय ३०, मोवाइल एक थान र मोटरसाइकल एक थान सहित नियन्त्रणमा

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 535 पटक पढिएको
  • बाजुरामा सडेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

    बाजुरा— बाजुरामा सडेगलेको अवस्थामा भेटिएको वेवारिसे शवको पहिचान खुलेको छ । बुधबार बाजुराको हिमाली गाउँपालिका झुगलास्थि कर्णाली नदीमा उक्त शव फेला परेको थियो ।उक्त शव हुम्लाको चंखेली गाउँपालिका चार माथिल्लो पाली बस्ने हर्क बोहराकी अन्दाजी २० बर्षीया कर्मा बोहराको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।  कर्मासंगै एक युवक केही दिनअघि घरबाट सम्पर्कविहीन भएका थिए । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ । सोही गाउँका अन्दाजी २३ बर्षका हंस बुढाथोकीसँग कर्मा भागेकी थिइन् तर पछि दुवैजनाले सँगै कर्णाली नदीमा हाम फालेको बताइएको छ । त्यसवेला खवर गर्दा उनको कुनै खवर न

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 628 पटक पढिएको
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीलगायत १३ जनामाथि भ्रष्टाचारको मुद्दा दायर

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीका तत्कालीन उपकुलपति प्राडा संगिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।आयोगका अनुसार प्रतिष्ठानमा एमआरआई मेसिन खरिद प्रक्रियामा बदनियतपूर्वक अनियमितता गरी राज्यकोषमा करिब १२ करोड रुपैयाँभन्दा बढीको हानि पु¥याइएको पाइएको छ ।अनुसन्धानबाट तत्कालीन उपकसलपति भण्डारीले प्रतिष्ठानका लागि एमआरआई मेसिन खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत कार्य गरेको खुलेको आयोगले जनाएको छ । प्रमुख प्रतिवादीहरूबाट करिब ९ करोड ३४ लाख रुपैयाँ असु

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 696 पटक पढिएको
  • सर्लाहीमा लागुऔषधसहित तीन जना पक्राउ

    सर्लाही । सर्लाहीमा लागु औषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको लालबन्दी नगरपालिका– १ नवलपुर टोलस्थित भित्री सडक खण्डबाट प्रहरीले तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ त्रीभुवननगरका १८ वर्षीय प्रिन्स कुमार यादव, भारत बिहार राज्य सितामढी जिल्ला सोनबरसा बसन्तपुरका २० वर्षीय कृष्ण कुमार यादव र सोही स्थानका १७ वर्षीय किशन कुमार साह रहेका छन् ।प्रहरी नायब निरीक्षक भरत साहको कमाण्डमा खटिएको टोलीले गत मंगलबार बिहान चेकिङ गर्ने क्रममा भारतीय नम्बर प्लेट बिआर ०६ सिभि ९९८५ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा ओनेरेक्श नामक १०० मिलिलिटरको ११७ बोतल

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 381 पटक पढिएको
  • सर्पदंशपछि धामीझाँक्रीको भरपर्दा महिलाको मृत्यु

    सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–२, फूलपरासीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो गोमन सर्पको टोकाइबाट ४२ वर्षीया नयनदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।स्थानीय रविन्द्र यादवकी श्रीमती नयनदेवीलाई सर्पले डसेपछि परिवारका सदस्यले तुरुन्त अस्पताल लैजानुको साटो नजिकै रहेको विषहरा बाबा मन्दिरमा झारफुकका लागि लगेका थिए ।झारफुकपछि पनि अवस्था गम्भीर बनेपछि मात्र उनलाई प्रादेशिक अस्पताल मलङ्गवा पु¥याइएको थियो । तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार मृत अवस्थामा ल्याइएकी नयनदेवीलाई सर्पदंशविरुद्धको एन्टीस्नेक भेनम चढाउन पाइएन

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 408 पटक पढिएको
  • सर्लाहीमा लागू औषधसहित एक युवक पक्राउ

    सर्लाही । सर्लाहीमा लागू औषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको बागमती नगरपालिका – ६ राधाकृष्ण मन्दिर नजिक बाँसघारीबाट प्रहरीले एक युवकलाई लागू औषधसहित नियन्त्रणमा लिएको हो।प्रहरी चौकी राजघाटबाट खटिएको टोलीले गत मंगलबार साँझ स्थानीय २८ वर्षीय जीवन घिसिङलाई शंकास्पद अवस्थामा बसिरहेको देखेपछि नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनको साथमा रहेको कालो प्लास्टिकको झोलाबाट विभिन्न प्रतिबन्धित लागू औषधहरू फेला परेको प्रहरीले जनाएको छ।प्रहरीले उनको साथबाट ट्रामन–५० लेखिएको २१४ क्याप्सुल, स्पास्मोम लेखिएको २०० क्याप्सुल, करिब २५ ग्राम गाँजा, नेपाली नगद रुपैयाँ २,५३०, सिम कार्ड न

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 421 पटक पढिएको
  • प्रहरीचौकीमा आक्रमण गरेको आरोपमा वडाध्यक्ष पक्राउ

    बरहथवा (सर्लाही), २२ असोजः प्रहरीचौकीमा ढुङ्गामुढा गरेको आरोपमा सर्लाही प्रहरीले गोडैता नगरपालिकाका वडाध्यक्षलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भनिने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो ।  वडाध्यक्ष दासको नेतृत्वमा रहेको समूहले गोडैता प्रहरी चौकीमा ढुङ्गामुढा तथा बाँसको फराठा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।  गत असोज १७ गते भएको घटनाको उजुरी परेपछि वडाध्यक्ष दासलाई प्रहरीले आज नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार गत शुक्रबार

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 328 पटक पढिएको
  • अझै ४५ जना बालबन्दी फरार

    नेपालगञ्ज, २२ असोजः बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृहबाट भागेका ७८ जना बालबन्दीमध्ये अझै ४५ बालबन्दी अझै फरार रहेका छन् । फरार भएकामध्ये ३३ जनालाई पक्राउ गरिएको नौबस्ता बाल सुधारगृह, बाँकेका प्रमुख श्यामबहादुर रानाले जानकारी दिनुभयो । उहाँले  २९ जना बालबन्दी सम्पर्कमा आएको, तीन जना चितवन र एक जना काभ्रेमा पक्राउ गरिएको जानकारीदिँदै फरार भएकालाई पक्राउ गर्न  अभिभावकसहित सबै संयन्त्र परिचालन भएको बताउनुभयो । “केही अभिभावकले सम्पर्कमा छन् पनि भन्नुभएको छ तर सम्पर्कमा आएको देखिएन”, उहाँले भन्नुभयो । फरार भएकाहरु १७ वर्षदेखि २५ वर्षसम्म उमेर समूहका छन् । अहिले नौबस्

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 344 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.