काठमाडौं— काठमाडौंको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९ मा एक जना महिलाको शव फेला परेको थियो । नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ मृत भेटिएकी हुन् ।विमलाको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका घर भएका ४० वर्षीय रामचन्द्र पन्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए । पूर्व भारतीय सैनिक रहेका पन्त अहिले भारतीय सेनाबाट पेन्सन बुझ्ने गरेको पाइएको छ ।गेस्ट हाउमा विमलाको हत्या गरेर उनी फरार भएका थिए । मङ्गलवार भारतबाट नेपाल फर्किँदै गरेको अवस्थामा उनलाई नागढुंगाबाट पक्राउ गरिएको एसपी बोहराले जान
कैलाली— भारतको दिल्लीमा गत ११ अप्रिलमा कपिल बद्रीलालको घरमा भएको ठूलो चोरी प्रकरणमा संलग्न ८ नेपाली नागरिकलाई कैलालीबाट पक्राउ गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय दूतावासको अनुरोधपछि समन्वय गर्दै उनीहरुलाई पक्राउ गरिएको हो।पक्राउ पर्नेमा अछाम मेल्लेखका राजेश साउद, गोकुल साउद, सुरेश साउद, धनगढीका एसके सुनचाँदी पसलका सञ्चालक सुरेश बर्मा, दिपेन्द्र सोप, रोविक सुनचाँदी पसलका सञ्चालक रोहित सिंजापती, गोदावरीका मीनबहादुर गुरुङ र ज्ञानेन्द्र खड्का छन्।प्रहरीका अनुसार उनीहरूबाट २८ लाख नेपाली रुपैयाँ, २४० ग्राम सुन, १३ तोला सुनका गरगहना, ४.९ किलो चाँदी र ४ वटा घडी बरामद गर
काठमाडौं— चितवनमा दुई समूहबीच भएको खुकुरी प्रहार घटनाको भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ ।चितवनको खैरहनीको एक रेस्टुरेन्टमा दुई समूहबीच झगडा भएको हो । चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार, घटनामा संलग्नहरूको पहिचान भइसकेको र खोजी कार्य भइरहेको छ ।उनका अनुसार पुरानो रिसईबीका कारण एक समूह रेस्टुरेन्टमा बसिरहेका बेला मंगलबार बिहान अर्को समूह गएर खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट चितवन खैरहनीकै दिपक गोले, गणेश लामा र अमृत आचार्य घाइते भएका छन् ।
विराटनगर— झापा, मोरङ, सुनसरी र भोजपुरको बिभिन्न स्थानहरुबाट वैशाख २८ गते लागूऔषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ बर्षीय उत्तम कार्की, २५ बर्षीया निर्मला थापा, २९ बर्षीय बसन्त तामाङ, २० बर्षीय दिवश तामाङ, २५ बर्षीय धिरज राई, २४ बर्षीय संजय राई, १९ बर्षीय मौसम राई, २० बर्षीय रेन्जि शेर्पा, २० बर्षीय संगित राई, २० बर्षीय युकेश राई, १९ बर्षीय उचित राई र २९ बर्षीय दिपेश राई रहेका छन् ।झापाको बुद्धशान्ती गाउँपालिका–३ बुधबारे बजार स्थितबाट स्थानका ३३ बर्षीय उत्तम कार्कीलाई ३ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले न
काठमाडौं— ललितपुरको इमाडोलमा केटी साथीको कोठामा गएका एक युवकको मृत्यु भएको छ । गएराति भाडामा बस्ने एक युवतीको कोठामा गएका इमाडोलका ३१ वर्षीय जीवेश अधिकारीको मृत्यु भएको हो ।केटी साथीको कोठामा गएका युवक एक्कासी ढलेपछि उपचारका लागि किस्ट अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले मंगलबार बिहान ७ः३० बजे अधिकारीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।घटनाबारे आज बिहानमात्रै थाहा पाएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानबाट मृतक अधिकारीको केटी साथी काभ्रे जिल्ला स्थायी ठेगाना भएकी २२ वर्षीया युवती रहेको खुलेको छ । अचानक राती बेहोस भएपछि ती युवतीले उनलाई
दाङ— आफ्नै श्रीमान् ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा बंगलाचुली गाउँपालिका–७ हल्दी बस्ने ५० वर्षीया संगीता सुनारी मगरलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।संगीताले घरायसी विवादको क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तनहुँ— व्यास नगरपालिका– ५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि ४ जनाले कुटपिट गरेका हुन्।कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ ।प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको हो ।उनीहरुविरुद्ध आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक
काठमाडौं— मानव बेचबिखनमा संलग्न भएको आरोपमा पर्सा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। एक युवतीलाई नयाँ कपडा किनिदिने भन्दै भारतको रक्सौलमा लगेर यौन पेसामा लगाएको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया अलिया खातुनलाई पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले यही वैशाख २७ गते पक्राउ गरेको हो। पक्राउ परेकी खातुनविरुद्ध पर्सा जिल्ला अदातबाट मानव बेचबिखन तथा ओसार पसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा डीएसपी किशोर लम्सालले जानकारी दिए।खातुनले यही वैशाखको २१ गते एक युवतीलाई नयाँ कपडा किनिदिन्
पर्सा, २९ बैशाख । नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया आलिया खातुन रहेकी छिन्। उनलाई वैशाख २७ गते पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। मिश्रका अनुसार वैशाख २१ गते ती नाबालिकालाई नयाँ कपडा किनिदिने बहानामा खातुनले भारत लगेकी थिइन्। बिहार रक्सौलको होटलममा लगेर यौनधन्दामा सामेल गराएकी थिइन्। ती नाबालिकालाई प्रहरीले भारतीय सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी नेपाल ल्याएको छ। खातुनले यसअघि पनि नाबालिकालाई रक्स
काठमाडौं, २८ वैशाख । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा सवा दुई करोड रुपैयाँ हिनामिनामा गरेको अभियोगमा पूर्व जमदार आत्माराम थापा कारागार चलान भएका छन्।जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले आइतबार थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतमा सैनिक ऐन अन्तर्गत मुद्दा दर्ता गरिएपछि सो निर्णय आएको हो। उक्त कोष हिनामिना प्रकरणमा संलग्नताको आशंकामा अवकास प्राप्त दुई सैनिक र बहालवाला दुई अधिकृतमाथि अनुसन्धान भइरहेको छ। सैनिक स्रोतका अनुसार हाल सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखी आन्तरि
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.