काठमाडौं / नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किने भएका छन्।

थाइल्याण्डमा रहेका देउवा थाई एयरको विमानमार्फत मध्यान्हतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ। देउवाको आगमनलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। विमानस्थल परिसरमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने प्रवेश तथा आवागमनमा समेत निगरानी बढाइएको छ।

देउवाको अवतरणको समय नजिकिँदै गएपछि विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्थापनलाई थप व्यवस्थित बनाइएको जनाइएको छ। देउवा स्वदेश फर्किएपछि पछिल्लो राजनीतिक अवस्थाका विषयमा कांग्रेसभित्र र बाहिर विभिन्न चासो देखिएको छ।