काठमाडौं / आज विश्वभर ‘विश्व सुलेखन दिवस’ मनाइँदै छ ।
आज विश्वभर युवा, अक्षर लेखनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेको हो । हरेक वर्ष अगस्ट १३ तारिकको दिन विश्व क्यालिग्राफी दिवस मनाइन्छ र दिवसमार्फत अक्षर लेखनको सुनौलो प्रभावको विश्वव्यापी चर्चा गरिन्छ ।
यस दिवस सन् २०१७ बाट मनाउन सुरु गरिएको हो । काठमाडौं लगायत विभिन्न ठाउँहरुमा क्यालीग्राफरहरुको सम्मान र अक्षर लेखन गरी मनाउने गरिएको हो ।






































