काठमाडौं । काठमाडौंको कुलेश्वर पुल नजिक लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको छ। कारबाहीका क्रममा एक नेपाली र एक भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले अपरेसन चलाउँदा भारतीय नागरिकको देब्रे खुट्टामा गोली लागेर घाइते भएका छन्। पक्राउ परेकाहरूबाट औषधिजन्य लागुऔषध ठूलो परिमाणमा बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।





































