काठमाडौं / त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
उपचारका क्रममा शुक्रबार निधन भएका गणेशको परिवार र सरकारबीच आइतबार सम्झौता भएपछि परिवारले आज सोमबार शव बुझेसँगै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो । असार २५ गते राहदानी विभागअगाडि महानगर प्रहरीले गणेशको मोटरसाइकलमा ह्लील लक लगाएका थिए ।
त्यसपछि आत्मदाह प्रयास गरेका उनको वीर अस्पतालमा उपचार क्रममा शुक्रबार मृत्यु भएको थियो ।






































