काठमाडौं— संयुक्त राज्य अमेरिकाले शनिबार इरानका विभिन्न सैन्य इलाकाहरूलाई लक्षित गरी थप हवाई आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले यस सैन्य कारबाहीको पुष्टि गरेको हो।
सेन्ट्रल कमाण्डद्वारा जारी विज्ञप्ति अनुसार अमेरिकी सैन्य विमानहरूले इरानी सैन्य निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई रक्षा प्रणाली, ड्रोन भण्डारण केन्द्र र माइन बिछ्याउने क्षमता भएका रणनीतिक स्थानहरूलाई निशाना बनाएका छन्।
व्यावसायिक जहाजहरूमाथि इरानले अन्तर्राष्ट्रिय जलक्षेत्रमा निरन्तर जारी राखेको आक्रामक गतिविधिको प्रत्यक्ष जवाफ स्वरूप यी आक्रमणहरू गरिएको विज्ञप्तिमा उल्लेख छ।
यस क्षेत्रमा व्यावसायिक जलयानहरूको सुरक्षा सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय व्यापारिक मार्गलाई सुरक्षित राख्न अमेरिकाले यो कडा कदम चालेको बताइएको छ।






































