काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झा ले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

चितवनमा जारी महाधिवेशनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू महामन्त्री पदका लागि मानसिक रूपमा तयार भइसकेको र परिणाम जेसुकै भए पनि चुनावी प्रतिस्पर्धामा उत्रिने बताएका हुन्।

झाले मिडियामा चलिरहेका उम्मेदवारीसम्बन्धी चर्चालाई पनि स्वीकार गर्दै नेतृत्वको अर्को तहमा पुग्ने स्वाभाविक आकांक्षा रहेको बताए। तर आफूले पार्टी सभापति वा देशको प्रधानमन्त्री बन्ने लक्ष्य नबोकेको स्पष्ट पारे।

रास्वपाको महाधिवेशन चलिरहेकै बेला मनिष झाले उम्मेदवारी घोषणा गरेपछि महामन्त्री पदको प्रतिस्पर्धा थप रोचक बन्ने भएको छ ।  उनले भनेका छन्, ‘परिणाम जे आए पनि महामन्त्रीमा उठ्ने हो,मैदान छोड्दिनँ।