चितवन। चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको बन्दसत्र निर्धारित समयमै सुरु हुन सकेन। प्रतिनिधिको अन्तिम नामावलीमै विवाद देखिएपछि सयौं प्रतिनिधिलाई मुख्य हलबाहिर होल्डिङ सेन्टरमा राखिएको छ।
विशेषगरी मधेश प्रदेशका प्रतिनिधिसम्बन्धी विवाद नमिल्दा दिउँसोसम्म पनि अन्तिम सूची सार्वजनिक हुन सकेको छैन। नेतृत्व चयनको बहसभन्दा अघि प्रतिनिधि व्यवस्थापनकै चुनौतीले रास्वपा महाधिवेशनलाई सुरुमै रोकेको छ।






































