चितवन । रास्वपाको प्रथम महाधिवेशनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक एआईजीलाई समग्र सुरक्षा व्यवस्थापनको प्रत्यक्ष निगरानीको जिम्मेवारी दिइएको छ।

महाधिवेशन स्थल र भीआईपी आवागमनलाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी  परिचालन गरिएको छ। नेपाल प्रहरीका एआईजी उमा प्रसाद चतुर्वेदी र सशस्त्र प्रहरीका एआईजी गणेश ठाडामगरले सुरक्षा अवस्थाको प्रत्यक्ष मनिटरिङ गर्नेछन्।

प्रहरी महानिरीक्षक दानबहादुर कार्की समेत सुरक्षा तयारी बुझ्न चितवन पुगेका छन्। असार ९ गतेसम्म चल्ने महाधिवेशनका लागि विशेष सुरक्षा योजना लागू गरिएको सुरक्षा निकायले जनाएको छ।