चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट चयन हुने १५८ सदस्यीय केन्द्रीय समितिमा ९९ जना निर्वाचनबाट आउनेछन् भने ५१ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको छ। संशोधित विधानअनुसार केन्द्रीय सदस्यको निर्वाचनमा पराजित भएका उम्मेदवारलाई समेत सभापतिले मनोनीत गर्न सक्ने प्रावधान राखिएको छ। यस्तै, सातै प्रदेशका प्रदेश सभापति पदेन केन्द्रीय सदस्य रहनेछन्।
आकांक्षीको संख्या बढी भएपछि रास्वपामा केन्द्रीय सदस्य पदका लागि निर्वाचन हुने निश्चित भएको छ।




































