काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका छन्।
आइतबार बिहान चितवन पुगेका लिङ्देनले उद्घाटन समारोहमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनले रास्वपाको महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नेछन्।
रास्वपाको पहिलो महाधिवेशन आजबाट औपचारिक रूपमा सुरु हुँदैछ। महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताको सहभागिता रहने जनाइएको छ।




































