काठमाडौं । राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका विभिन्न जेल र कठिन परिस्थितिमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभामा बोल्दै उनले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेका धेरै नेपाली महिला अमानवीय पीडा भोग्न बाध्य भएको बताइन्। उद्धार गरिएकी एक नेपाली महिलाको अनुभव उद्धृत गर्दै उनले कुवेतका जेलमा अझै सयौँ नेपाली महिला रहेको र कतिपयले मानसिक सन्तुलनसमेत गुमाएको दाबी गरिन्।
अवैध माध्यमबाट कुवेत पुगेका करिब ६५ हजार नेपाली महिला जोखिममा रहेको उल्लेख गर्दै उनले उनीहरूको सुरक्षित स्वदेश फिर्ताका लागि सरकारले तत्काल प्रभावकारी पहल गर्नुपर्ने बताइन्।






































