काठमाण्डौ  ।  रमेश, निखिल, सुशील र जसितालाई लिएर निर्देशक कृषा चौलागाई सुटिङमा गएकी छन।

केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागे चलचित्र 'पारस'को यहि असार १५ गतेदेखि छायाँकन हुने भएको छ । चलचित्रको अधिकांश पूर्वतयारीको काम सकिएकाले तोकिएको मितिमा नै छायांकनमा जाने चलचित्रका निर्देशक कृषाले बताएकिछन।

चलचित्र 'पारस'मा निखिल उप्रेती, रमेश उप्रेती, निरुता सिंह, सुशील श्रेष्ठ, जसिता गुरुङ र पुस्कर गुरुङ अनुबन्धित भइसकेका छन। अन्य कलाकारको छनोट प्रक्रिया भने जारी नै रहेको निर्देशकको भनाई छ।'पारस'को पटकथा भारतीय लेखक सचिन लादियाले तयार पारेका छन ।

पुरुषोत्तम प्रधानले छायांकन निर्देशकको जिम्मेवारी सम्हाल्नु भएको उक्त फिल्ममा मानकृष्ण महर्जन र शेखरबहादुर तामाङ क्यामेरा पर्सनको रुपमा रहेकाछन ।FB_IMG_1781370870650