मोरङ :  लागू औषध खैरो हिरोइन सहित १ जना प्रहरिले पक्राउ गरेको छ।

जेठ २५ गते करिब २२:०० बजेको समयमा जिल्ला मोरङ रतुवामाई नगरपालिका वडा नं. ८ सुबेदी चोक बस्ने बर्ष अं ३५ को कर्ण बहादुर थापाले आफ्नै घरमा लागू औषध खैरो हिरोइन लुकाई छिपाई राखि बिक्री बितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधरमा इलाका प्रहरी कार्यालय, सिजुवाबाट प्रहरी टोली खटीई गई निज कर्ण बहादुर थापाको  घर वतनमा रीतपूर्वक खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखिएको अवस्थामा लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८३० फेला पारी निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय, सिजुवामा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।