धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सत्ता समीकरण जोगाउन मन्त्रिमण्डल हेरफेरको तयारी गरिएको छ। कांग्रेस र एमालेले आफ्नै मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा पठाउने निर्णय गरेका छन्।
पार्टीभित्र बढ्दो असन्तुष्टि र मन्त्री बन्ने आकांक्षा व्यवस्थापन गर्न दुवै दलले पुराना मन्त्री हटाएर नयाँ सांसदलाई अवसर दिन लागेका हुन्। केही समयअघि मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध कांग्रेसकै सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेपछि सरकारमाथि दबाब बढेको थियो।
यही दबाब कम गर्न र असन्तुष्ट पक्षलाई सरकारमै समेट्न अहिले मन्त्री फेरबदलको कदम चालिएको राजनीतिक वृत्तमा चर्चा छ। नयाँ मन्त्रीहरूको नामावली आजै सार्वजनिक गरी शपथग्रहण गराउने तयारी गरिएको छ।
असन्तुष्ट सांसदलाई सरकारमा भित्र्याएर सुदूरपश्चिम सरकारको आयु लम्ब्याउने प्रयास भइरहेको विश्लेषण गरिएको छ।




































