काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समिति बैठकको मिति परिवर्तन गरेको छ।

यसअघि जेठ २८ र २९ गतेका लागि तय गरिएको बैठक अब असार ५ र ६ गते काठमाडौंमा बस्ने पार्टीले जनाएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ का अनुसार विशेष कारणले बैठकको मिति सारिएको हो।

बैठकमा राजनीतिक, आर्थिक तथा सचिवालयसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिनेछ। साथै वर्तमान राजनीतिक अवस्थाको समीक्षा, संविधान संशोधनबारे पार्टीको धारणा, संगठन विस्तार तथा सुदृढीकरणका विषयमा छलफल हुनेछ।

राप्रपाले सबै तहका अधिवेशन, आगामी महाधिवेशनको तयारी र महाधिवेशनको मिति निर्धारणसम्बन्धी निर्णय पनि यही बैठकबाट गर्ने जनाएको छ।