काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको सिमाना सम्बन्धी अभिव्यक्तिको विषय संसद्मा चर्किएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूले बैठक अवरुद्ध गरेपछि सभामुख डिपी अर्यालले कार्यसूचीका केही विषय हटाउँदै बैठक अर्को मितिसम्मका लागि स्थगित गरेका हुन्।
विपक्षी दलहरूले प्रधानमन्त्रीले दिएको “नेपालले पनि भारतको जग्गा मिचेको रहेछ” भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन वा त्यसको तथ्यगत आधार सार्वजनिक गर्न माग गरेका थिए। सोही विषयलाई लिएर संसद्मा निरन्तर नाराबाजी र विरोध भएपछि बैठक नियमित रूपमा सञ्चालन हुन सकेन।
सभामुख अर्यालले अब प्रतिनिधिसभाको अर्को बैठक जेठ २५ गते बिहान ११ बजे बस्ने जानकारी दिएका छन्।






































