काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको सिमाना सम्बन्धी अभिव्यक्तिलाई लिएर संघीय संसद्मा राजनीतिक तनाव चुलिएको छ। उक्त अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्।
सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय विषयमा भ्रम सिर्जना गरेको भन्दै आपत्ति जनाएका छन्।






































