काठमाडौं। प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको एक अभिव्यक्तिलाई लिएर नयाँ विवाद सुरु भएको छ। नेपाली कांग्रेसले प्रधानमन्त्रीले संसदमा दिएको भनाइको आधार र तथ्य सार्वजनिक गर्न माग गरेको छ। कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसको प्रमाण संसदलाई उपलब्ध गराउन माग गरेकी हुन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीको भनाइ गम्भीर र संवेदनशील विषयसँग जोडिएको बताइन्। उनले नेपाल र भारतबीचको सीमा सम्बन्धी विषयमा तथ्यबिना अभिव्यक्ति दिन नहुने उल्लेख गर्दै प्रधानमन्त्रीसँग स्पष्ट जवाफ माग गरिन्। थापाले प्रधानमन्त्रीको भनाइ सत्य भए त्यससम्बन्धी तथ्य संसदमा प्रस्तुत गर्नुपर्ने र गलत भए संसदको रेकर्डबाट हटाउनुपर्ने माग समेत गरिन्।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदमा प्रश्न उठेपछि नेपाल–भारत सीमा विषय फेरि राजनीतिक बहसको केन्द्रमा आएको छ।





































