काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तीन दिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीन को औपचारिक निमन्त्रणामा लामिछाने जेठ १८ गते नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।
भ्रमणका क्रममा लामिछाने नेतृत्वको टोलीले भारतीय राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने बताइएको छ। भ्रमण टोलीमा पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा सहभागी रहनेछन्। भ्रमणका क्रममा लामिछानेले नरेन्द्र मोदी तथा एस जयशंकर लगायत भारतीय नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।
जेठ १९ गते भारतीय जनता पार्टी मुख्यालयमा हुने विशेष कार्यक्रममा नीतिन नवीनले लामिछानेलाई स्वागत गर्ने कार्यक्रम तय भएको छ। प्रतिनिधिमण्डल जेठ २० गते स्वदेश फर्किनेछ।





































