काठमाडौं। अमेरिकाबाट नेपाल फर्किरहेका गोरखा निवासी ७३ वर्षीय श्यामहरि मरहट्टाको निधन भएको छ। उनी टर्किस एयरलाइन्सको जहाजमा अचेत अवस्थामा भेटिएका थिए।
शनिबार बिहान काठमाडौं अवतरणपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनी श्रीमतीसँगै अमेरिकाबाट नेपाल फर्किरहेका थिए।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल राखिएको छ । मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।






































