सुर्खेत— जाजरकोटको पछिल्लो मतपरिणाम अनुसार नेकपाका नेता शक्ति बस्नेत तेस्रो स्थानमा रहेका छन् ।

नेपाली काँग्रेसका खड्कबहादुर विसीले सुरुवाती अग्रता कायमै राख्दा बस्नेत तेस्रो स्थानमा छन् ।

पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका विसीले एक हजार ७०६ मत ल्याएर अग्रता कायम राख्दा शक्तिबहादुर बस्नेत ७५२ मत ल्याएर तेस्रो स्थानमा छन् । दोस्रोमा नेकपा एमालेका डम्बरबहादुर सिंहले ८०४ मत ल्याएका छन् ।