काठमाडौं— काठमाडौं क्षेत्र नम्बर ९ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डीपी अर्यालले अग्रतालाई थप मजबुत बनाएका छन् । ८,५९२ मत गणना भइसक्दा अर्यालले ५,५५९ मत प्राप्त गरी आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि छाडेका छन् ।

नेपाली कांग्रेसकी नानुमैया बस्नेत १,१२६ मतका साथ दोस्रो र नेकपा एमालेका अजयक्रान्ती शाक्य ९७० मतका साथ तेस्रो स्थानमा छिन् । यसअघिका निर्वाचनमा एमाले र कांग्रेसको वर्चस्व रहेको यस क्षेत्रमा अहिले ‘घण्टी’ अर्थात् रास्वपा धेरै स्थानमा अगाडि रहेको छ।