काठमाडौं— हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली (High Pressure Ridge) र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका रहेको छ ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी पहाडी भूभागमा मौसम मूख्यतया सफा रहको छ । तराई भूभागका थोरै स्थानहरूमा तुँवालो लागेको छ ।
आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । देशको पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ र दिउँसो मौसम मुख्यतया सफा रहनेछ ।
यस्तै, आज राती देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ ।




































