दार्चुला— दार्चुलाको एक मतदान केन्द्रमा मतदाता उपस्थित नभएपछि निर्वाचन कर्मचारी रित्तो मतपेटिका बोकेर फर्किन बाध्य भएका छन्। स्थानीय तहको उपनिर्वाचनअन्तर्गत उक्त मतदान केन्द्रमा मतदानका लागि सबै तयारी पूरा गरिए पनि दिनभरि एक जना पनि मतदाता मतदान गर्न नआएपछि कर्मचारीहरूले मतपेटिका रित्तै  फिर्ता ल्याएका हुन्।

निर्वाचनका लागि खटिएका कर्मचारी बिहानैदेखि मतदान केन्द्रमा उपस्थित भई मतदान प्रक्रिया सञ्चालन गर्न तयार अवस्थामा बसेका थिए। तर दिनभरि मतदाता नआएपछि साँझ मतदान समय सकिएसँगै मतपेटिका सिल गरी कार्यालयमा फिर्ता गरिएको बताइएको छ।