बर्दिवास— महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बर्दिवास नगरपालिका ७ स्थित राष्ट्रिय मा.वि. प्रेमनगरमा रहेको मतदान केन्द्रमा दोहोरो विवादपछि मतदान स्थगित भएको छ ।
उक्त केन्द्रमा पुनः मतदान सुचारुको प्रयास भइरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए । केहि कुरामा असहमति भएकोमा निर्वाचन टोलीले असहमति सुल्झाउने प्रयास गरिरहेको पनि उनको भनाइ छ ।
सोहि मतदान केन्द्रमा वडाअध्यक्ष भोरिल यादव सामान्य घाईते भएको स्थानियहरुले जनाएका छन् । महोत्तरीमा हालसम्म करिब २५ प्रतिशत मतदान सम्पन्न भैसकेको जनाएको छ ।






































