काठमाडौं—  गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा मतदान गरेका हुन् । ललितपुर महानगरपालिका–स्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशभर मतदान शान्तिपूर्ण रूपमा भइरहेको बताएका छन् । उनले अहिलेसम्म अधिकांश स्थानमा सामान्य तरिकाले मतदान भइरहेको र सरकार निर्वाचन गराउन सफल भएकोमा उत्साहित रहेको बताए ।