काठमाडौं — बालेन्द्र शाह सवार हेलिकोप्टर झापामा अवतरण गर्न नसकेपछि काठमाडौं फर्किएको छ।

शाहलाई लिएर गएको हेलिकोप्टर झापा जाने क्रममा खराब मौसमका कारण अवतरण गर्न नसकी पुनः काठमाडौं फर्किएको हो।

बिहान काठमाडौंबाट उडेको हेलिकोप्टर झापामा मौसम अनुकूल नभएपछि अवतरण नगरी फर्काइएको विमानस्थल स्रोतले जनाएको छ। हेलिकोप्टर पछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।