भक्तपुर— भक्तपुरको  सुर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफलसहित  सशस्त्र प्रहरी बलले एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा स्थायी  पालुङटार नगरपालिका–९ घर भई हाल भक्तपुरको भुम्डोल बस्ने ३१ वर्षिय आयन सेढाई रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स व्यूरोको विशेष टोलीले ३१ वर्षिय सेढाईको कोठाबाट राइफलसहित एसएलआरको गोली ४ वटा, प्लास्टिक राउण्ड २ वटा, सर्ट गनमा लाग्ने राउण्ड १ वटा, खुकुरी एक थान तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा सहित पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई  बुझाइएको छ । उक्त राइफल तथा हतियारमा लाग्ने गोली  गत भाद्र २३ः२४ को  आन्दोलनमा लुटिएको आशंका गरिएको छ।