झापा— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

शुक्रबार झापाको दमकमा अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा ओलीले चुनावलाई निष्पक्ष, धाँधली रहित बनाउन सरकार गम्भिर नदेखिएको आरोप लगाउँदै कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने स्पष्ट पारेका हुन् ।

उनले प्रचार–प्रसार र निर्वाचनका क्रममा कुनै अनुचित क्रियाकपाल भए त्यसलाई रोक्नुपर्ने बताए । ओलीले असंवैधानिक तरिकाले नभइ लोकतान्त्रिक र संवैधानिक बाटोबाट देशको समस्याको समाधान होस् भन्ने एमालेले चाहेको धारणा राखे ।

उनले मुलुकमा भइरहेको संसद भंग गरेर आगो लगाउने र अलोकतान्त्रीक बाटो हिड्न खोज्नेहरुको सरकार बनाउनका लागि निर्वाचन गराउन खोजिएको आशंका व्यक्त गरे ।

जे–जस्तो अवस्थामा भएपनि निर्वाचन हुन लागेकाले स्वतन्त्र, निष्पक्ष र धाँधली रहित, शान्तिपूर्ण वातावरण निर्वाचन सम्पन्न हुनुपर्ने उनको भनाइ छ ।