काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा पहिलो पार्टी बनेर देशको नेतृत्व सम्हाल्ने दाबी गरेका छन्।
नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रममा प्रचण्डले युद्धस्तरमा चुनावी अभियान अघि बढाउन निर्देशन दिँदै पार्टीले सुरुदेखि नै देशको समस्या समाधानका लागि निर्वाचनको आवश्यकता राखेको बताए। उनले एमालेसँग १० सीटमा तालमेल हुने प्रचार गलत भएको र नेकपा एक्लै निर्वाचनमा होमिँदा निष्पक्ष रूपमा पहिलो पार्टी बन्न रोक्न नसकिने जिकिर गरे।






































