काठमाडौं – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीले राष्ट्रियता, सार्वभौमिकता, अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा अडान लिएको बताएका छन्। काठमाडौं–५ मा चुनावी कार्यक्रममा बोल्दै उनले एमालेले सामाजिक सद्भाव, शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन, स्वरोजगारी, सामाजिक सुरक्षा, कृषि, उद्योग, पूर्वाधार र ऊर्जा क्षेत्रमा केन्द्रित योजनाहरू अघि बढाएको बताए।
पोखरेलले मुलुकको लोकतान्त्रिक प्रक्रिया र संवैधानिक प्रक्रिया कमजोर भएको अवस्थामा आगामी निर्वाचनले त्यसलाई सुदृढ गर्ने बताएका छन्। उनले देशको हित विपरीत हुने कामको विपक्षमा देशभक्त नागरिकलाई गोलबन्द गरिनुपर्नेमा जोड दिएका छन्।






































