काठमाडौँ –  नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले नवलपरासी (बसुप) जिल्ला निर्वाचन क्षेत्र नं. १ को समग्र विकासका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार, पर्यटन र सामाजिक सुरक्षा क्षेत्रमा लक्षित योजनासहित आगामी कार्ययोजना प्रस्तुत गरेका छन्।

उनका योजना अनुसार प्रत्येक स्थानीय तहमा सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाउने, डिजिटल पूर्वाधार र प्राविधिक शिक्षामा सुधार गर्ने, स्वास्थ्य सेवामा गाउँस्तरीय क्लिनिक सञ्चालन र अस्पताल क्षमतावृद्धि गर्ने, कृषिमा आधुनिकीकरण र सहुलियत कर्जा मार्फत सहयोग पुर्‍याउने, स्थानीय उद्योग प्रवर्द्धन र रोजगारी सिर्जना गर्ने, सडक र पूर्वाधार विस्तार गर्ने, महिला, बालबालिका, ज्येष्ठ नागरिक र सीमान्तकृत समुदायको सामाजिक सुरक्षा सुनिश्चित गर्ने, र सेवा प्रवाह पारदर्शी बनाउने उद्देश्य राखिएको छ।